सरकारसँग वार्ता गर्न डा. केसी पक्षको टोली गठन



Download our app to get more features

काठमडौं, १ साउन । डा. गोविन्द केसी पक्षले नेपाल सरकारसँग वार्ताका लागि टोली गठन गरेको छ । टोलीमा डा. अभिषेकराज सिंह संयोजक, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा. वाइ पी सिंह,
डा. जीवन क्षेत्री सदस्य रहेका छन् । यस अघि डा. केसी पक्षको वार्ता टोलीमा अधिवक्ता डा. सुरेन्द्र भण्डारी, केसीका सहयोगी डा. अभिषेक राज सिंह र अधिवक्ता ओमप्रकाश भण्डारी मात्रै थिए । 

१७ दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले सोमबार वार्ता समिति बनाएको थियो । शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका एक÷एक जना सहसचिव रहने गरी वार्ता समिति बनाइएको छ । सो समितिले हिजो र आज गरी दुई चरणमा डा. केसी पक्षसँग वार्ता पनि गरिसको छ । तर, दुबै वार्ता निश्कर्षविहीन बनेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts