साउन १ गतेदेखि सुत्केरी भत्ता दोब्बर 



Download our app to get more features

काठमाडौं, १ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले मतहतका निकायलाई साउन १ गतेदेखि सुत्केरी भत्ता दोब्बर गर्न परिपत्र गरेको छ । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा आमा सुरक्षा कार्यक्रमको लागि गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर बनाउने व्यवस्था भएको र सो व्यवस्था तत्काल लागू गर्न विभागले परिपत्र गरेको हो । 

यो रकम सरकारी अस्पताल, सरकारी स्वास्थ्य संस्था एवं आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त निजी तथा सामुदायीक अस्पतालबाट पाउने छन् । हाल हिमाली जिल्लाका सुत्केरीले सुत्केरी भत्ताका रुपमा १५ सय, पहाडी जिल्लामा एक हजार, तराईका जिल्लामा पाँच सयका साथै नियमित गर्भवती जाँच गरेबापत सबै गर्भवतीले चार सय पाउँदै आएका छन् । यी सबै रकममा दोब्बर गर्न विभागले निर्देशन दिएको छ । 

 

Last modified on 2018-07-18 07:29:47

1 Comments

  1. देवीलाल पौडेल on Tue, Jul 17 2018 10:08 PM

    भनाइ र गराइमा धेरै फरक छ आज साउन १ गते लुम्बिनी अञ्चल अस्पतालमा सुत्केरी भएका कुनै पनि सुत्केरीले दोब्बर रकम पाएका छैनन् । अस्पतालका कर्मचारीलाई दोब्बर रकम बारे जानकारी नभएको र परिपत्र नभएको भनिएको छ । के साउन १ गते सुत्केरी हुने महिलाले दोब्बर रकम नपाउने नै हुन् ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts