डा. केसीको पक्षमा काग्रेस सभापति देउवाले गरे यस्तो ट्वीट



Download our app to get more features

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डा.गोविन्द केसीको स्वास्थ्यप्रति ध्यानाकर्षण गराएका छन् ।

भेटका क्रममा सभापति देउवाले डा.केसीसँग तत्कालै वार्ता गरेर माग पुरा गरी उनको जीवन रक्षाका गर्नु सरकारको कर्तव्य रहेकोबारे प्रधानमन्त्री ओलीलाई सचेत गराएका हुन् ।

आफ्नो ट्वीटर ह्याण्डलमा सभापति देउवाले माथेमा कार्यदलको प्रतिवेदनको आधारमा जनभावना अनुरुप जारी गरिएको अध्यादेशलाई हुवहु विधेयकको रुपमा ल्याउन प्रधानमन्त्री समक्ष माग राखेको उल्लेख गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, 'यदि सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले ल्याउने प्रयत्न गरे कांग्रेसको कडा विरोधको सामना गर्नुपर्नेछ ।'

Last modified on 2018-07-19 07:39:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts