मनसुनमा यसरी गरौं आँखाको हेरचाह

(भिडियोसहित) 



Download our app to get more features

मनसुनका बेला छिनछिनमै मौषम परिवर्तन हुँदा स्वास्थ्यमा निकै ख्याल गर्नुपर्छ । यस्तो मौषम आँखाका लागि अझै जोखिमपूर्ण हुन्छ । यस्तो बेलामा कसरी आँखालाई जोगाउने भन्ने बारेमा बाल नेत्ररोग विशेषज्ञ डा. पारस पन्जियारको सुझाब दिएका छन् । जानौं डा. पन्जियारको भनाइ । 

लक्षणहरु:

  • आँखा रातो हुने ।
  • आँखा चिलाउने ।
  • आँखामा आसु बढी आउने ।
  • घाममा हेर्न अप्ठयारो हुने ।
  • आँखा सुन्निने ।

सुरक्षित रहने उपाय:

  • के कारणले एलर्जी भएको हो पत्ता लगाएर त्यसबाट जोगिने ।
  • बिहान बेलुका आँखालाई सफा पानीले पखाल्ने ।
  • बाहिर निस्कदा चस्मा लगाउने ।  

 उपचार:

  • एलर्जीको किसिम हेरेर कसैलाई आँखामा हाल्ने थोपा औषधिले दिइन्छ कसैलाई खाने औषधि दिइन्छ । 
  • आँखाको सरसफाइमा ध्यान दिने ।
  • धुँवा धुलोबाट बच्ने ।
  • चिसो पानीले आँखा सेक्ने ।
  • सकेसम्म केको एलर्जी भएको हो पत्ता लगाई सोबाट जोगिने । 

भिडियो हेर्नुहोस:

Last modified on 2018-07-19 07:40:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts