माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो  : देउवा



Download our app to get more features

काठमाडौं, ३ असार । कांग्रेसका सभापति शेरबहादुर देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताएका छन् । सभापति देउवाले डा. केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने पनि बताए । यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग छ ।  

यस्तै संसद् बैठक स्थगन गरेकोमा पनि असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक ११ साउन शुक्रबारसम्मका लागि सारिएको छ ।

रासस  

Last modified on 2018-07-19 17:17:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts