स्टार हस्पिटलद्वारा बन्दीहरूको निःशुल्क उपचार  



Download our app to get more features

काठमाडौं, ४ साउन । ललितपुर सानेपास्थित स्टार हस्पिटलले महानगरीय प्रहरी परिसर जावलाखेलमा रहेका बन्दीहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन थालेको छ । 

प्रहरी परिसर जावलाखेलमा आज अयोजित कार्यक्रमको उद्घाटन महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, गणेशबहादुर ऐर तथा स्टार अस्पतालका सिओओ डा. सन्देश जिसीले गरेका छन् । सो अवसरमा सेवा दिने स्टार अस्पताल र सेवा लिने प्रहरी परिसर जाउलाखेलबीच सहकार्य पत्रमा हस्ताक्षर पनि भएको छ । जसअनुसार स्टार हस्पिटलले प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार बन्दीहरुलाई निःशुल्क चिकित्सकीय सेवा उपलब्ध गराउने अस्पतालका म्यानेजर हरि ढकालले बताए । 

Last modified on 2018-07-20 15:58:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts