डा. केसीकाे पक्षमा आज पनि माइतिघरमा प्रदर्शन हुँदै



Download our app to get more features

काठमाडौं, ५ साउन । २२ दिनदेखि अनशनरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न माइतिघर मण्डलामा आज पनि प्रदर्शन हुने भएको छ ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै आमरण अनसनरत डा. केसीको माग पुरा गर्न र उनको जीवनरक्षाका लागि सरकारलार्इ दबाब दिन प्रदर्शन हुने भएको हो ।

मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रदर्शनमा प्राध्यापक, विश्लेषक, पूर्व प्रधानन्यायाधीश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, पेशाकर्मीदेखि सर्वसाधरण जम्मा हुने भएका छन् । यसका साथै डाक्टर, नर्स, कानुन व्यवसायी सम्मिलित विभिन्न संघसंस्थाले पनि आजै माइतिघरमा प्रदर्शन गर्ने भएका हुन्।

पूर्व प्रधानन्यायधीश सुशीला कार्की, पूर्व प्रधानन्याययधीश कल्याण श्रेष्ठ, मनिषा कोइराला, कृष्ण पहाडी, खगेन्द्र संग्रौला, डा. देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ तथा आमसर्वसाधारण सहभागी भई ऐक्यबद्धता जनाउने भएका छन् ।

Last modified on 2018-07-21 14:17:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts