डा केसीका समर्थकले सामूहिक सत्याग्रह गर्दै



Download our app to get more features

काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आजदेखि वसन्तपुरमा सामूहिक अनसन बस्दै छन् । 

२३ दिनदेखि अनसनरत डा.केसीको जीवनरक्षाका निम्ति आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म केसी समर्थकहरु सामूहिक अनसन बस्ने भएका छन् । 

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए । 

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनसन शुरु गरेका थिए । 

स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उनी शिक्षण अस्पतालमा २३ औँ दिनको अनसनमा छन् । 

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन् । 

डा. केसीले स्वास्थ्य जाँच गराउनबाट अस्विकार गरेपछि उनको स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएको छ ।
 

Last modified on 2018-07-22 13:51:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts