नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण



Download our app to get more features

म्याग्दी, ७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको आर्थिक सहयोगमा नारच्याङको बेँशी गाउँमा शौचालयसहित छ कोठे एक तले भवन निर्माण भएको हो ।

भुई ढलान र पलास्टर गरिएको पर्खाल भएको भवनको छानो जस्तापाताले छाएको छ । भवनमा नागरिक सहायता, बिरामीको स्वास्थ्य परीक्षण, प्रसूति, औषधि भण्डारण, ल्याब, प्रशासनिक कक्षका लागि आवश्यक कोठासहितको पूर्वाधार तयार पारिएको छ ।

लायन्स क्लब पोखराको रु ३६ लाख सहयोगमा निर्माण भएको भवनमा झ्याल ढोका, विद्युत्, पानीलगायतका पूर्वाधार व्यवस्थापन गरेर प्रयोगमा ल्याउने तयारी गरेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले जानकारी दिए ।

हाल वडा कार्यालयको भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । भवन अभावमा प्रसूति सेवा उपलब्ध गराउन सकिएको थिएन । नारच्याङका गर्भवती प्रसूति सेवाका लागि भुरुङ तातोपानी र बेनी पुग्ने गरेका थिए ।

नयाँ भवनमा प्रसूति सेवा शुरु गर्ने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका फगामीले बताए । भवन निर्माणका लागि तत्कालीन नारच्याङ गाविसले करीब रु नौ लाख खर्च गरेर तीन रोपनी जग्गा खरीद गरेको थियो । रासस

Last modified on 2018-07-23 08:41:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts