केसी सरकार वार्ता: कांग्रेस र विवेकशीलले भाँडेको सरकारकाे आरोप



Download our app to get more features

काठमाडौं, १० साउन । डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधि बीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेको बताइएको छ । यसअघिकै वार्तामा ७ बुँदे सहमति भएसकेको भन्दै कांग्रेस र विवेकशीलले भाँडेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आरोप लगाए ।

‘मंगलबार डा. केसी र सरकार पक्षबीच ७ बुँदे सहमति भएको थियो । वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओम अर्यालको होटेल क्रिष्टल थापाथलीमा बैठक बस्यो । सरकारसँग भएको सहमति नमान्ने निश्कर्ष उनीहरुले मंगलबारै निकालेका थिए’ उनले भने ।

बुधबारको वार्तामा केसीका तर्फबाट आएका डा. जीवन क्षत्री र डा. अभिषेक सिंह लचिलो रुपमा प्रस्तुत भएको उनले बताए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने मंगलबारको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिकेको अर्यालले आरोप लगाए ।

बुधबार भएको वार्तामा सरकारका तर्फबाट ७ बुँदे सहमति अनुरुप संसदमा सरकारले प्रस्तुत गरेको विधेयक संसदमा गइसकेकाले सहमति अनुरुपको संशोधन गर्न लचकता प्रस्तुत गरिएको थियो ।

विधेयकमाथि संशोधन गर्ने क्रममा संशोधन प्रस्ताव मार्फत केसीका माग अघि बढाउन साझा विवेकशीलका प्रतिनिधिहरु सहमत नभएको भन्दै संसदको प्रक्रिया जेसुकै भए पनि सरकारले अहिले नै संसदले पास गर्ने दस्तावेजमा सहि गर्नु पर्ने जिद्दी गरेको बताए। बुधबारको वार्ता संसदलाई पनि डिक्टेट गर्नु पर्ने प्रस्ताव साझा विवेकशीलका तर्फबाट आएपछि वार्ता भाँडिएको सरकारकाे दावी छ ।

Last modified on 2018-07-26 19:02:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts