चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुँदै, तीनवटा विरोधको सूचना



Download our app to get more features

काठमाडौं, ११ साउन । प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुने भएको हो । संसदमा विधेयक प्रस्तुत हुनु अगाडि त्यससँग सम्बन्धित विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने भएको छ । उक्त सूचनापश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयकलाई लिएर संसद बैठक स्थगित गरेका थिए तर विहिबारको डा. गोविन्द केसी र सरकारसँग नौ बुँदे सहमतिअनुसार अनसन तोडिएसँगै पेश हुने भएको हो । विधेयकमा काँग्रेस सांसद गगन थापा र नेमकिपाका सांसद प्रेम सुवालले विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्दैछन् ।

Last modified on 2018-07-28 06:29:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts