डा. केसीका माग सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी



Download our app to get more features

पोखरा, ११ साउन ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा. गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् । 

पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको उद्घाटन गर्दै उनले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताए । विगतमा धेरैपटक सरकारको तर्फबाट डा. केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको तर अब भने सम्झौतालाई सरकारले व्यवहारमै लागू गर्ने उले विश्वास व्यक्त गरे । कार्यक्रममा उनले  
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नै सम्पन्न हुने दावी पनि गरे । 
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts