क्यान्सर हुँदैमा डराउनु पर्दैन



Download our app to get more features

अहिले ठम्ठम्ती हिँडेको देख्दा मलाई चिन्नेहरू अचम्म मान्छन् । तपाईं यति राम्रोसँग हिँडडुल गर्न सक्नु हुन्छ भन्छन् । आत्मविश्वास कै कारण मैले क्यान्सरलाई जिते । अहिलेको मेरो अवस्था देख्दा सबै अचम्म मान्छन् ।

नुहाउने क्रममा दुई वर्ष अघिछातीमा गिर्खा भएको महसुस गरेपछि क्यान्सरको आसंका लागेर परीक्षण गराए । स्वास्थ्य क्षेत्रमै कार्यरत भएकोले सुरुमा त सामान्य अवस्था ठानेको थिए । क्यान्सरको लक्षण हो भन्ने आशंका गरेपनि परिवारमा कसैलाई बताइन । श्रीमान मधुमेहका बिरामी भएकाले उनी आत्तिदा स्वास्थ्यमा जटिलता आउला भनेर उहाँलाई पनि भनिन् । क्यान्सरको लक्षण देखिएको भोलिपल्टै जापान जानु पर्ने भएकाले फर्किएपछि उपचारमा जाने योेजना बनाए । सातदिन विदेशभ्रमणबाट फर्केपछि श्रीमानसँगै उपचारका लागि ललितपुरस्थित नेपाल क्यान्सर सेन्टर पुगँे । अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठसँग परामर्श गर्दा उनलले क्यान्सरको पहिलो चरणभएको बताए । उनले तत्काल अपरेशन गर्न सल्लाह दिए । उपचार सुरु भएपछि मात्रैश्रीमानले मलाई क्यान्सर भएको थाहा पाए । त्यसपछि डा.श्रेष्ठकै सल्लाह अनुसार क्यान्सरको शल्यक्रिया भयो र अहिले पनि नियमित औषधि सेवन गरिरहेको छु ।

क्यान्सर लागेपछि बाँचिदैन भन्ने गलत सोचाई अझैँ पनि समाजमा छ । तर समयमै रोगको पहिचान र उपचार सुरु भए क्यान्सरलाई सहजै जित्न सकिन्छ । तर बिरामीमा आत्मविश्वास भने हुनु पर्छ । क्यान्सर काल होइन, बिरामीमा आत्मविश्वास जगाउने र राम्रो उपचार गर्ने हो भने क्यान्सरलाई जित्न गाह्रो छैन । मेरो आमालाई पनि पाठेघरको मुखको क्यान्सर भएको थियो । आमालाई पाठेघरको मुखको क्यान्सर हुँदा आफन्त र चिकित्सकले पनि अन्तिम स्टेजमा क्यान्सर आइसकेको भनेर उपचार नगर्न सल्लाह दिएका थिए । तर, अरुको कुरा नसुनी र विचलित नभई उपचारका लागि आमालाई भारतको कोलकोत्ता लगे । उपचारका क्रममा उनको आत्म विश्वास बढाउँदै प्रेरित गरिहे । विश्वभर क्यान्सर भयावह रुपमा फैलिरहेको छ । निश्क्रिय जीवनशैली, खानपान र बढ्दो प्रदूषणका कारण क्यान्सरका रोगीबढ्दै गएका छन् । क्यान्सरबाट कहिलै पनि डराउनु हुँदैन । क्यान्सरका लक्षणहरु देखिने बित्तिकै चिकित्सकसँग उपचार गराइहाल्नुपर्छ । 
 

Last modified on 2018-10-21 20:02:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts