विश्व मधुमेह दिवस

चिकित्सक भन्छन्ः गर्मी ठाउँका गर्भवतीलाई मधुमेह हुने सम्भावना बढी हुन्छ



Download our app to get more features

गर्भावस्था महिलाको लागि एक यस्तो अवस्था हो जुन अवस्थामा प्रत्येक महिलाले आफू र आफ्नो गर्भमा रहेको बच्चा दुवैको ख्याल गर्नुपर्छ । गर्भावस्थामा आमाको सिधा सम्बन्ध गर्भमा रहेको बच्चासँग हुन्छ । गर्भावस्थामा आमाले आफ्नो ध्यान जसरी राख्छिन् त्यसको प्रत्यक्ष असर बच्चामाथि परिरहेको हुन्छ । 

गर्भावस्थामा विशेषगरी खानपानमा ध्यान दिनुपर्छ । किनकी गर्भवतीले खाने खानाले नै बच्चाको सम्पूर्ण विकासमा भर पर्छ । गर्भावस्थामा खानपान, जीवनशैलीले प्रभाव पार्नुका साथै मौसमले पनि केही हदसम्मको प्रभाव पार्छ । गर्भावस्थामा विशेषगरी मधुमेह हुने सम्भावना बढी हुने देखिएको छ । जनकपुर अञ्चल अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रामनरेश पण्डितले अत्यधिक गर्मी हुने ठाउँमा गर्भवतीहरुमा मधुमेहको खतरा बढी हुने बताएका छन् ।

उनले सामान्यअवस्थामा भन्दा पनि गर्भावस्थामा मधुमेह हुने सम्भावना जो कोही महिलामा हुने गरेको बताए । डा. पण्डितका अनुसार वंशानुगत मधुमेह भएको र नभएकोमा पनि गर्भावस्थामा भने मधुमेह हुने सम्भावना बढी हुने गरेको छ । 

हाम्रो डक्टरसँग कुरा गर्दै डा.पण्डितले भने, ‘गर्भावस्था सामान्य अवस्थामा भन्दा फरक अवस्था हो, जुन अवस्थामा शरीरको सम्पूर्ण क्रियाकलाप परिवर्तन हुन्छ । साथै, गर्भावस्थामा रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि कम भएकाले कुनैपनि रोगले सजिलै आक्रमण गर्नसक्छ ।’ उनका अनुसार, ‘गर्भावस्थामा सामान्य अवस्थामा भन्दा शरीरमा भएको रगत पनि ६० प्रतिशतले वृद्धि भएर जान्छ भने हर्मोनका कारण शारीरिक क्रियाकलाप परिवर्तन हुन्छ । जसले गर्दा थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्ता रोगले आक्रमण गर्ने हुन्छ ।’  

गर्भावस्थामा मधुमेह हुनबाट जोगिन विशेषगरी खानपानमा ध्यान दिनु आवश्यक रहेको भन्दै उनले खानामा सकेसम्म कार्बोहाइड्रेट्स, प्रोटिन, ग्लुकोज, भिटामिन, क्याल्सेयिमयुक्त खानाहरु खान सुझाव दिए। सन्तुलित आहारले नै गर्भावस्थामा कुनैपनि रोगले संक्रमण गर्न नसक्ने भएकाले स्वस्थ र सन्तुलित आहार गर्न डा. पण्डितले सुझाव दिएका छन् ।
 

Last modified on 2018-11-15 08:06:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts