भेरी अञ्चल अस्पतालमा सिकलसेल एनिमियाको निःशुल्क जाँच हुने



Download our app to get more features

बाँके, १२ साउन । नेपालगञ्जको भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ । 

अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति  एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको सो अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताउनुभयो । 

यसअघि सो अस्पतालले सिकलसेल एनिमिया भएका प्रत्येक एक जनाको एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts