विदेशमा पढेका चिकित्सक कमजोर



Download our app to get more features

काठमाडौं, १५ साउन । नेपालमा सीमित मेडिकल भएकाले गुणस्तरीय विद्यार्थी पनि महंगो रकम तिरेर विदेश जान बाध्य भएको भन्ने गरिन्छ । तर, विदेश गएका अधिकांस विद्यार्थीले मेडिकल काउन्सिलले लिने प्रवेश परिक्षा फेल गर्दा योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न उब्जिएको छ ।

नेपालको तुलनामा विदेशमा गएर पढेका विद्यार्थीहरु अनपेक्षित रुपमा कमजोर देखिएका छन् । गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएका थिए । जसले गर्दा आज विदेशमा अध्ययन गरेर आएका विद्यार्थीमाथि प्रश्न तेर्सिएकाे छ ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८ सय ८५ र बिडिएसतर्फ ९ सय ५ डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । नेपालमै मेडिकल साइन्स पढ्न पनि प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउनुपर्छ ।

योग्यताक्रममा पछि परेका तर अभिभावकले पैसा तिर्न सक्ने विद्यार्थीलाई विदेशको विकल्प सधै खुला रहन्छ । यसरी विदेश जाने धेरैजसो विद्यार्थी तुलनात्मक रूपमा कमजोर देखिएका छन ।

शैक्षिक स्तर कमजोर भएपनि महंगो पैसा तिरेका कारणले चीन, बंगलादेश, पाकिस्तान र फिलिपिन्सजस्ता देशका विश्वविद्यालयमा भर्ना सजिलै पाइन्छ, तर हरेक विद्यार्थीलाई भर्ना दिने कलेजले गुणस्तरीय शिक्षा दिन सक्दैन । त्यसैले विश्वविद्यालयबाट एमबिबिएस पास गरेर आएका डाक्टर पनि लाइसेन्स लिने परीक्षामा अनपेक्षित रुपमा असफल हुन्छन् ।

१२ वर्षसम्म निरन्तर परीक्षा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाका अनुसार कतिपय डाक्टरले लाइसेन्स लिन निरन्तर १२ पटक सम्म परिक्षा दिइरहेका छन् । तर, पनि उनिहरुले पास गर्न सकेको अवस्था छैन । १२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि असफल हुने डाक्टरहरूले विश्वविद्यालयको सर्टिफिकेट भने बोकेर हिँडेका छन् ।

Last modified on 2018-08-01 07:25:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts