ब्रेष्ट तथा एसोफेगस सम्मेलन सम्पन्न



Download our app to get more features

काठमाडौं, १६ साउन । नेपाल मेडिसिटी अस्पतालमा सोमबार शुरु भएको ब्रेष्ट तथा एसोफेगस सम्मेलन आज सम्पन्न भएको छ । उपचार, पुनस्र्थापना र भविष्यका आधारहरू भन्ने नारासहित आयोजना भएको सम्मेलनमा दुई भन्दा बढी क्यान्सर विशेषज्ञ तथा रेडियोलोजिष्टको सहभागिता थियो । 

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द« महतोले नेपालबाट विदेशमा गएर केहि चिकित्सकले ज्ञान हासिल गर्नु र विदेशका चिकित्सक नेपाल आएर ज्ञान, अनुभव साटासाट गर्नुमा निकै महत्वपूर्ण भएको बताए । यस किसिमका सम्मेलनको उनीहरुबीचको अनवभव साटासाट गर्न निकै ठूलो भूमिका निर्वाह गर्ने उनले बताए । डा. महतोले स्तन क्यान्सरको न्युनिकरण र विश्वस्तरीय उपचारका लागि अस्पताल सक्षम रहेकोमा समेत जोड दिए । 

यस्तै, अस्पतालका महापबन्धक विजय रिमालले सम्मेलनले केवल नेपाल मेडिसिटीका चिकित्सकलाई मात्र नभई मुलुकभरका क्यान्सर रोग विशेषज्ञहरुलाई समेटेको बताए ।  क्यान्सर रोगको जनचेतना र उपचारलाई दुर–दराजमा पु¥याउने उद्देश्य प्राप्तिका लागि यो एक हातोमालो हुने विश्वास उनले जनाए । 

अमेरिकास्थित विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खानानलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गरिरहँदा 
क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरूले धेरै ज्ञान तथा अनुभवको साटासाट गर्ने अवसर पाएको बताएका छन् । अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनविच र एल न्यु हेभेन अस्पतालका डा. बार्बरा वार्ड, डा. बेरी बौइड्, डा. अस्वथा नारायण, डा. पउल वेटर्स, र डा. एल्सा रास्किन जस्ता विशेषज्ञ टोलीको सम्मेलनमा सहभागिता रहेको थियो ।

सम्मेलन अवधिमा स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटर देखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारण गरिएको थियो । जसका माध्ययमबाट न्यु योर्क र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा अन्र्तक्रिया समेत गरिएको थियो । सम्मेलनमा सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सरसँग सम्बन्धित अन्य सबै विशेषज्ञ र सरोकारवालाको सहभागिता थियो । 

Last modified on 2018-08-01 16:18:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts