बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीद्धारा आत्महत्या



Download our app to get more features

काठमाडौं, १७ साउन । बंगलादेशमा एमबीबीएस अध्ययनरत हेटौंडाका राजिव श्रीवास्तवले बुधबार आत्महत्या गरेका छन् । एमबीबीएसको पढाइ सकेर एक साताअघि मात्र इन्टर्सिप सुरु गरेका श्रीवास्तवले बुधबार होस्टलमा नै विहान ११ बजे आत्महत्या गरेका थिए ।

ढाकास्थित कम्युनिटी बेस्ड मेडिकल कलेज (सीबीएमीबी) मा एमबीबीएस अध्ययनरत गरेका उनले पढाइ सकेपछि हालैमात्र अस्पतालमा इन्टर्नसिप गर्न सुरु गरेका थिए । कलेजका प्रिन्सिपलसँगको विवादका कारण आत्महत्या गरेको खबर बाहिर आइरहेको छ। बंगलादेश प्रहरीले भने आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

कलेजले उनीसँग अतिरिक्त शुल्क माग गरेपछि विवाद बढेको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले जनाएका छन्। श्रीवास्तवले आत्महत्या गरेपछि कलेजका प्रिन्सिपल मिर्जा मन्जुरुल हकले ‘आत्महत्या सामान्य कुरा हो’ भनेपछि नेपालीसहित बंगलादेशी विद्यार्थी आक्रोशित बनेका छन् ।

उनी होस्टलको कोठा नम्बर ३२० मा बस्दै आएका थिए । उनको कोठा आगजनी भएपछि कलेज प्रशासनले शूल्क तिर्न दबाब दिएपछि उनी चिन्तित थिए । उनीसँगै बस्ने साथी बाहिर गएको मौका पारेर उनले आत्महत्या गरेको बताइएको छ ।

उनको आफन्त आजै बंगलादेश पुग्ने र मेमेनसिङ मेडिकल कलेजको शिक्षण अस्पतालमा पोस्टमार्टम हुने बताइएको छ। बंगलादेशमा गएका नेपाली विद्यार्थीहरुको आत्महत्या दर बढ्दो रहेको छ । 

Last modified on 2018-08-03 07:33:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts