आज 'बर्थ डिफेक्ट डे'

What's This?


Download our app to get more features

फागुन २१, काठमाडौँ । आज विश्व जन्मजात विसंगति अर्थात वल्र्ड बर्थ डिफेक्ट डे । सरोकारवालाहरुले विभिन्न कार्यक्रम गरि मनाउँदै छन् । गत वर्षदेखि विश्व स्वास्थ्य संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो ।
जन्मजात विसंगति भन्नाले शिशु जन्मँदा शारीरिक र मानसिक रुपमा असामान्य वा अस्वस्थ हुनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति ३३ शिशुको जन्ममा एकजनालाई जन्मजात विसंगति देखिन्छ । जन्मजात विसंगतिका कारण विश्वभर वर्षेनी २ लाख ७६ हजार शिशुले जन्मेको एकमहिना भित्र ज्यान गुमाउँछन् । यस समस्याका कारण बालमृत्युदर बढाउनुका साथै दीर्घकालिन अस्वस्थता गराउँछ भने शारीरिक अपांगताको सम्भावनालाई बढाउँछ ।
नेपाल सरकारले पनि शहस्राब्दी विकास लक्ष्यमा नवजात शिशुको मत्युदर घटाएर प्रति हजार १६ मा ल्याउने उद्देश्य राखेपनि सफल भएन । यसको मुख्य कारण यहि जन्मजात विसंगति हो । गर्भवति अवस्थामा महिलाहरुले उचित स्याहार सुसार र पोषण नपाउँदा उनीहरुबाट जन्मिने शिशुमा यस्ता विसंगति विद्यमान छ । नेपालमा अहिले प्रतिहजार २३ शिशुले जन्मेको २८ दिन नपुग्दै ज्यान गुमाउँछन् ।
यतिबेला दक्षिण अमेरिकी देशहरुमा फैलिएको जीका भाइरसका कारणले नया जन्मने शिशुहरुमा बर्थ डिफेक्ट हुने सम्भावनालाई तीव्र रुपमा बढाइदिएको विशेषज्ञहरुको अध्ययनले देखाएको छ ।

 

Last modified on 2016-03-04 13:23:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts