नयाँ दरबन्दी संरचनाः खोप कार्यक्रमलाई नजरअन्दाज गरियो 



Download our app to get more features

नेपालमा विसं २०२४ मा बिफर उन्मूलन कार्यक्रम लागू भयो । विसं २०३४ सालमा नेपाल लगायत बिश्वबाट बिफर उन्मूलन पश्चात विसं २०३५ सालदेखि विस्तारित खोप आयोजनाको नामबाट खोप कार्यक्रम शुरु गरियो । विसं २०४८ सालमा नेपालभरी खोप कार्यक्रम सन्चालन भयो । प्रारम्भमा तीनवटा खोप एन्टीजेनबाट शुरु भएको कार्यक्रममा हाल एघारवटा खोप एन्टिजेन प्रदान गरिन्छ । आगामी दिनमा थप दुई खोप थपिने क्रममा छन् । नेपालले यूनिसेफ र डब्लुएचओले बनाएको मापदण्ड प्रभावकारी खोप व्यवस्थापनका आधारमा खोप बितरण भण्डारण र ढुवानीको गुणस्तर कायम गरेको छ । 

 खोपहरु विमानमार्फत अन्तराष्ट्रिय विमानस्थलमा आउने त्यहाँको निश्चित विधि प्रकृया पुरागरी रेफ्रीजेरेटर भ्यानमा राखी केन्द्रीय खोप भन्डारको वाक इन कूलर (Walk in Cooler) र वाक इन फ्रिजर (Walk in Frezeer) मा स्तरीय कार्य सन्चालन विधि अनुसार भण्डारण गरिन्छ । हरसमय विद्युत आपूर्ति बिहान बेलुका तापक्रम अनुगमन खोप भन्डार यूनिटहरुको नियमित अनुगमन गर्ने व्यवस्था छ । त्यस्तै, आपतकालिन व्यवस्था, यूनिसेफ गाभी फन्डबाट आउने  खोपजन्य सामाग्रीहरुको स्वास्थ्य सेवा विभाग हुँदै स्वास्थ्य मन्त्रालय हँुदै अर्थ मन्त्रालयबाट कर महसुल सम्बन्धी छुटको निर्णय हुने गरेको छ । भन्सार बिभाग संबन्धीत भन्सार नाकाबाट समान पैठारी गर्ने खोपजन्य सामाग्रीको भन्डारण बस्तु आगमन प्रतिबेदन (Product Arrival Report ) खोप आगमन प्रतिबेदन (Vaccine Arrival Report ) अ‍नलाइन प्रतिबेदन आदि कार्यहरु नियमित रुपमा सम्पादन भएको छ । 

राष्ट्रिय खोप कार्यक्रमलाइ मार्गदर्शन गर्न खोप ऐन बनेको छ ।  ऐनमा राष्ट्रिय खोप समिति, सल्लाहकार समिति तथा अनुसन्धान समितिको व्यवस्था गरेको छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तोकिएको लक्ष्य हासिल गर्न कम्प्रिहेन्सिभ मल्टीइयर प्लान Coprehensive Multi year Plan २०१७   २०२१ निर्माण भएको छ ।  खोप कार्यक्रमले बालमृत्युदर, मातृ मृत्युदर घटाउन उल्लेख्य योगदान दिएको छ । यसले बाल तथा महिला अधिकारको संरक्षण पनि गरेको छ । 

हालै स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ दरबन्दी संरचनामा खोप कार्यक्रमसँग सम्बन्धीत कर्मचारीहरुको कार्यविश्लेषण कार्यबोझको मतलब नगरी दरबन्दी कटौति गरिँदा खोप कार्यक्रमलाई ठूलो असर पर्ने भएको छ । विगतमा बाल स्वास्थ्यको खोप शाखामा खोप सुपरभाइजर एक जना, आपूर्ति बयबस्थापन महाशाखा खोप तथा कोल्डचेन बितरण शाखामा खोप सुपरभाइजर एक, मेकानिकल इन्जिनियर दुई, अ‍ौषधि ब्यबस्थापक एक कोल्डचेन अधिकृत चारजना दरबन्दी भएकोमा हाल अ‍ौषधि व्यवस्थापक मेकानिकल इन्जिनियर एलेक्ट्रिकल इन्जिनियर, खोप सुपरभाइजर, कोल्डचेन अधिकृतको दरबन्दी काटिएकोले खोप कार्यक्रम जस्तो अति संवेदनशील कार्यक्रममा ठूलो प्रभाव पर्ने भएको छ । विसं २०३५ सालको दरबन्दी विसं २०४८ सालको दरबन्दी हालको कार्यप्रकृति कार्य बोझ अनुसार त्यत्तिकै पनि न्यून थियो । हाल आएर महत्वपूर्ण दरबन्दी काटिएकोले कार्यक्रममा निकै कठिनाई हुने देखिएको हो ।

खोप कार्यक्रम मात्र होइन तथ्याङ्क, क्षयकुष्ठ, मलेरिया, कालजार नियन्त्रण, भेकस मलेरिया, परिवार नियोजन,  स्वास्थ्य शिक्षा लगायत अंगको दरबन्दी जथाभावी कट्दा सबै समूहका कर्मचारीहरु माननीय उपप्रधान तथा स्वास्थ्यमन्त्रीज्यूकहाँ नियमित डेलिगेसन जाने कार्यक्रम भैरहेको छ । हालको दरबन्दी संरचना जनस्वास्थ्य वा चिकित्सकलाई कसरी हाकिम बनाउने भन्ने अभिप्रायले बनाएको देखिन्छ। जनस्वास्थ्यका कार्यक्रमलाई मतलब नगरी बनाएको दरबन्दी संरचनाले ठूलो समस्या ल्याउने निश्चित छ ।

उपाध्याय स्वास्थ्य सेवा विभागमा खोप सुपरभाइजरका रुपमा कार्यरत छन् ।  
            

Last modified on 2018-08-03 15:15:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts