स्वास्थ्य राज्यमन्त्रीमा डा. सुरेद्र यादव, पद्मा अर्याल बनिन् भूमि व्यवस्था मन्त्री



Download our app to get more features

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु फेरबदल गरेका छन् । मन्त्री र मन्त्रालय हेरफेर गर्ने क्रममा उनले स्वास्थ्य राज्यमन्त्रीमा संघीय समाजवादी फोरमका सांसद डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका छन् । चिकित्सक समेत रहेका यादवले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

यस्तै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भने मन्त्रीमा बढुवा हुँदै भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय पुगेकी छिन् । उनी स्वास्थ्यमन्त्री उपेन्द्र यादव बनेदेखि नै मन्त्रालयमा निश्क्रिय थिइन् । उनले आफुलाई अर्को मन्त्रालयमा पठाउन पहल गर्दै आएकी थिइन् । प्रधानमन्त्रीले रिक्त कानुन मन्त्रालयको जिम्मेवारी नेकपा सांसद भानुभक्त ढकाललाई दिएका छन् । जिम्मेवारी पाएका सबै मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ । 

Last modified on 2018-08-04 07:59:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts