२४ सदस्यीय शिक्षा र स्वास्थ्य संसदीय समिति गठन



Download our app to get more features

काठमाडौँ, २० साउन । शिक्षा र स्वास्थ्य हेर्ने गरी २४ सदस्यीय संसदीय समिति गठन भएको छ । गत विहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् । 

समितिमा तीन जना पूर्व स्वास्थ्य मन्त्री सदस्य छन् भने एक सदस्य अहिलेकै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री छन् । पूर्व स्वास्थ्य मन्त्रीहरु उमाकान्त चौधरी, खगराज अधिकारी र गगन थापा रहेका छन् । यस्तै शुक्रबार मात्रै स्वास्थ्य राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादव पनि समिति सदस्यमा परेका छन् ।

अन्य सदस्यहरुमा अञ्जना विशंखे, उमेश श्रेष्ठ, एकवाल मियाँ, गजेन्द्र बहादुर महत, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, तिलबहादुर महत क्षेत्री, दुलारी देवी खत्वेनी, नविना लामा, नमिताकुमारी चौधरी, नारायणप्रसाद मरासिनी, भैरवबहादुर सिंह, मनकुमारी जिसी, मानबहादुर विश्वकर्मा, योगेशकुमार भट्टराई, रेखा कुमारी, सन्त कुमार थारु, सरीता न्यौपाने,  सुरेशकुमार राई, हितबहादुर तामाङ छन् । 

Last modified on 2018-08-06 08:23:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts