पुुरुषका लागि सौन्दर्य बढाउने ४ उपाय...



Download our app to get more features

सुन्दर अनुहारको चाहना महिलामा मात्रै होइन पुरुषमा पनि उत्तिकै हुन्छ ।

यहीकारण छाला सुन्दर बनाउन पुरुषहरू विभिन्न उपाय अपनाउँछन् । महिलाको तुलनामा पुरूषको छाला संवेदनशीलहुने भएकाले जथाभावी सौन्दर्यका सामान प्रयोग नगर्न चिकित्सकहरूको सुझाब छ । चर्को घाम, धूलो र धुँवाले पुरूषको अनुहारमा चाडै असर गर्छ । पुरुषको सौन्दर्य बढाउन र छालाको ख्याल राख्नका लागि सौन्दर्य विज्ञ सरिता शर्माका चार घरेलु उपाय यस्ता छन् :

दुधको फेस प्याक
दुधको फेस प्याक प्राकृतिक हुने र छालाको गहिराईमा गएर मृत कोषिकालाई हटाउनमा मद्दत गर्छ । साथै छाला मुलायम र चम्किलो पनि बनाउँछ । त्यस बाहेकबन्द रहेको छालाको छिद्र पनि दूधले खोल्छ । दुधको फेस प्याकका लागि एउटा कचौरामा काँचो दुध लिने र कपासलाई दुधमा भिजाउँदै अनुहारमा लगाउने । त्यसपछि उक्त दूधलाई कम्तीमा १५ मिनेटसम्म सुक्न दिने । सुकिसकेपछि चिसो पानीले अनुहार धुने । केही दिनसम्म यो उपाय नियमित अपनाउनाले अनुहार चम्किलो र मुलायम भएको महसुस हुन्छ ।

मेवाको फेस प्याक
पुरुषको छालाको लागि मेवाले बनेको पेष्ट पनि फाइदाजनक हुन्छ । पाकेको मेवालाई सानो सानो टुक्रामा काटेर पेष्ट बनाउने । उक्त पेष्टमा कागतीको रस एक चम्चा र दुधमिसाउने । त्यसपछि तयार पेष्टलाई दुबै हातले अनुहारमा लगाउने र १० मिनेटका लागि सुक्नदिने र पछि पानीले धुने । उक्त पेष्टको प्रयोगले अनुहारमाभएको मृत छाला हट्छ र अनुहार सफा र चम्किलो देखिन्छ । राम्रो नतिजाकालागि यो उपाय सातामा तीनदिन अपनाउन सक्नु हुन्छ । 

केराको फेस प्याक
केराको फेस प्याकपनि पुरुषको रुखो छालाको लागि निकै उपयोगी हुन्छ । केरामा पाइने गुणले छालाको गहिराईमा गएर छालालाई मुलायम र बेदाग बनाउँछ । केरामा गुलाबजल मिसाएर पेस्ट बनाएर अनुहारमा लगाउने र केही समयसम्म सुक्नदिने र पछि चिसो पानीले अनुहार धुने ।

मुलतानी माटो
मुलतानी माटोले बनेको फेस प्याक महिला र पुरुष दुबैको छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । मुलतानी माटोले पुरुषको छालालाई जवान र सुन्दर बनाउँछ । गुलाब जललाई मुलतानी माटोमा मिसाएर पेष्ट बनाउने र सो पेष्ट अनुहारमा लगाउने । केही समयपछि पेष्ट सुक्छ अनि चिसो पानीले अनुहार धुने । यो उपाय नियमित गर्दा केहीदिनमा फरक पाउन सकिन्छ । 
 

Last modified on 2018-08-06 11:42:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts