पत्रकार सम्मेलनमै किन रोए डा. केसी ?

फोटो फिचर



Download our app to get more features

काठमाडौं, २२ साउन । २७ दिन आमरण अनशन, ६ दिन आइसियू र १३ दिन अस्पतालको वार्डमा रहेर पहिलो पटक आज सार्वजनिक स्थलमा देखिएका डा. गोविन्द केसी आफ्ना कारणले बिरामीले भोग्नु परेको पीडाप्रति चिन्ता व्यक्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भावुक हुँदै आफ्ना कारण बिरामीले उपचार सेवामा भोगेको समस्याप्रति क्षमा मागेका छन् ।  
उनले अनशन बस्नु बाध्यता भएको र यो अवधिभर बिरामीलाई सेवा गर्न नसकेकोमा पनि क्षमा मागेका छन् । 

पत्रकार सम्मेलनमा सरकारले आफुसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाई गरेको पनि चिन्ता व्यक्त गरेका छन् । सहमतिको ८ औँ बुँदामा आफूसँग भएको सहमति मन्त्रीपरिषद्बाट पास गर्ने उल्लेख गरिएकोमा सो कार्य नभएको भन्दै उनले सरकारलाई स्मण गराए ।

Last modified on 2018-08-08 08:45:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts