इन्टुससेप्सन अर्थात आन्द्राभित्र आन्द्रा पस्ने समस्या के हो ?

(भिडियोसहित)



Download our app to get more features

आन्द्राको एउटा भाग अर्को भागभित्र छिर्ने अवस्थालाई इन्टुससेप्सन भनिन्छ । यो समस्या विशेषगरी बालबालिकामा बढी हुन्छ । तर, कुनै अवस्थामा ठूला मान्छेमा पनि हुनसक्छ ।
कहिले काहिँ यो समस्या आफै ठिक हुन पनि सक्छ भने कुनै बेला सजिलै ननिस्किएर अप्रेशन नै गर्नु पर्ने हुन्छ । यस्तो अवस्थाका के गर्ने भन्ने विषयामा डा. आशिसलाल श्रेष्ठले केहिँ सुझाब दिएका छन् । जानौं डा. श्रेष्ठको सुझाव ः—

विशेषगरी २ महिनादेखि २ वर्षका  बालबालिकामा यो समस्या हुन्छ । तर, त्यस भन्दा माथिका बालबालिकालाई नहुने भन्ने होइन । 
यो समस्याको कारण पत्ता लगाउन सहज छैन् । आन्द्रामा विशेष गन्थ्री हुन्छ जुन सुन्निदा पनि आन्द्रामा आन्द्रा जाने हुन्छ । यस्तै बोसो वा ट्यूमरका कारण पनि यो समस्या हुन सक्छ । 

लक्षण:

  • पेट दुखेर रोइकराइ गर्ने । 
  • खुट्टा छातीतर्फ फाल्ने । 
  • ज्वरो आउने ।
  • दिसामा रगत देखिने ।
  • पेट फुल्ने ।
  • वान्ता हुने । 

जटिलता :

  • तुरुन्त उपचार गनुपर्ने हुन्छ । बेलैमा उपचार नभए सधैका लागि आन्द्रा बन्द हुन पनि सक्छ । 
  • बच्चाले वान्ता गर्दा नुन, पोटासियम सोडियमको मात्रा पनि बाहिरिने हुँदा शरीर सिथिल बन्छ । 
  • आन्द्रा बन्द हुन सक्छ ।
  • जुन आन्द्रा भित्र पसेको हुन्छ त्यो बिस्तारै सुकन् थाल्छ । पछि पछि यो समस्या विकराल भएर फुट्ने, प्वाल पर्ने पनि हुन्छ । यस्तो अवस्थामा आद्राभित्रको चिजहरू बाहिर फैलिएमा संक्रमण हुन्छ र बच्चाको ज्यानै पनि जान सक्छ ।

उपचार :

  • सबै भन्दा पहिले यो इन्टुससेप्सन हो की होइन भनेर स्पष्ट हुनुपर्छ । 
  • यसका लागि पेटको भिडियो एक्स रे गर्ने । 
  • संक्रमण शरीरमा  फैलिएको छ वा छैन, डिहाइड्रेसन भएको छ की भनेर बुझेर मात्रै उपचार गर्नुपर्छ ।
  • २४ घण्टाभित्रै उपचार हुन सके अप्रेशन नगरीकन पनि उपचार गर्न सकिन्छ ।
     

Last modified on 2018-08-09 08:11:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts