सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई दियो ७० लाख



Download our app to get more features

काठमाडौ‌ं, २३  साउन । वीर अस्पताल सरसफाइबापत सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई ७० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत फाउण्डेशनलाई ६९ लाख ८६ हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

११ साउनमा बसेको मन्त्रिपरिषद्को बठकले धुर्मुस सुन्तली फाउण्डेशनलाई सो रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले  रकम दिन वीरलाई निर्देशनसमेत दिएको जनाएको छ । धुर्मुस सुन्तली फाण्डेशनले सुरु गरेको वीर अस्पताल सफाई अभियानका क्रममा रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले सो रकम दिने प्रतिबद्धता जनाएको थियो । यो सफाई अभियानमा फाउण्डेसनले एक करोड नौ लाख खर्च गरेको जनाएको छ । मन्त्रालयसँग सो रकम नभएका कारण वीर अस्पतालमार्फत नै लिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

Last modified on 2018-08-08 16:30:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts