लुम्बिनीमा १ बर्षमा ३ लाख २५ हजारले लिए स्वास्थ्य सेवा



Download our app to get more features

रुपन्देही २४  साउन । प्रदेश नं ५ को  राजधानी बुटबलमा  रहेको लुम्बिनी अञ्चल अस्पतालमा एक बर्षमा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ सम्म अस्पतालमा  ईर्मेजेन्सी, ओपीडी, अस्पतालमा भर्ना गरेर उपचार सेवा लिने, रोकथाम तथा प्रबद्धक, ड्रेसिङ, चिरफार एन्टीरेबिज भ्याक्सीन, एच.आई.भी एड्स, लागुपर्दाथ पोषण र पुर्नस्थापना गरि ३ लाख २४ हजार भन्दा बढीले सेवा लिएका हुन् । गतबर्षको तुलनामा यो आर्थिक वर्षमा बढी सेवा भएको पाइएको छ । 

गत वर्ष २ लाख ९२ हजार भन्दा बढीले सेवा लिएका थिए भने यो आर्थिक वर्षमा ३ लाख २४ हजार भन्दा बढीले सेवा लिएको अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । २०७१ मा  २ लाख ५५ हजार ४ सय ८४, ७२ मा  २ लाख ७१ हजार १ सय ३७, ७३ मा २ लाख ७८ हजार २ सय ३, ७४ मा २ लाख ९२ हजार ९ सय २७ र ७५ मा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन् । गतबर्षको भन्दा यस बर्ष  ३० हजार बढीले सेवा लिएको बताए ।

रेग्मीका अनुसार ईर्मेजेन्सीमा ५४ हजार २ सय ३०, ओपीडिमा १ लाख ३९ हजार ६ सय १७, अस्पतालमा भर्ना गरेर उपचार गरेका  १८ हजार ४ सय २२, रोकथाम तथा प्रबद्धक २९ हजार ७ सय १३ , डेसिङ चिरफार ५ हजार ३ सय ८०, ए.आर.भि तथा अन्य सुई २३ हजार ८ सय ६०, एच.आई.भी एड्स १२ हजार ७ सय ५६, लागुपदार्थ दुव्र्यसनी ४३ हजार ९ सय ६ पोषण र पुर्नस्थापना १९ सय ९७ जना रहेको अस्पतालको तथ्यांकले देखाएको बताएका छन् ।

लुम्बिनी अञ्चल अस्पताल बुटबलका प्रमुख डा. कृष्ण प्रसाद खनालले सेवा थप वृद्धि भइरहेको र चेतनाको कारण सेवा लिनेको संख्या बढ्दै गएको बताए । डा. खनालले  पहिले अस्पताल आउने बिरामी जटिल अवस्थामा मात्र आउने गरेको भएपनि अहिले समान्य समस्या हुँदा पनि सल्लाह सुझावको लागि बढी आउने गरेको बताए ।

अहिले उपचारमा आएका बिरामीको एक पटक मात्र काउन्ट गरेको समेत बताए । उनीहरु पटक–पटकको सेवा नजोडेको बताए । डा. खनालले स्वास्थ्यप्रति बढी सचेतनाका कारण बिरामीको चाप बढेको भन्दै यो राम्रो भएको बताएका छन् ।
 

Last modified on 2018-08-09 17:46:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts