न्याम्सको उपकुलपति सिफारिश गर्न समिति गठन 



Download our app to get more features

काठमाडौं, २४ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) काे उपकुलपति छान्न सिफारिस समिति बनेकाे छ ।

बिहिवार साझ प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रि केपि शर्मा अाेलिले उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्रि उपेन्द्र यादवकाे संयाेजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा शुसिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्काेटा रहेकाे समिति गठन गरेका छन् ।

न्याम्सका कुलपति तथा प्रधानमन्त्री केपि शर्मा ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा सिफारिश समिति गठन गरेका छन् । उपप्रधानमन्त्री यादवको सँयोजकत्वमा गठित सिफारिस समितिमा स्वास्थ्य मन्त्रालयका विज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा रहेका छन् ।

समितिले सिफारिस गरेकाे तीन जनाकाे नाम मध्येबाट कुलपति अाेलिले एक जनालाई न्याम्सकाे उपकुलपति बनाउने छन् । न्याम्सकाे उपकुलपतिको दौडमा भर्खर कार्यकाल सकिएका प्रा. गणेश गुरुङ, प्रा. डा. सिताराम चौधरी, प्रा. डा. श्रीकृष्ण गिरी, प्रा .डा. जागेश्वर गौतम र प्रा.डा डिएन शाह र प्रा.डा श्रवण चाैधरि रहेका छन् ।

न्याम्सकाे उपकुलपति फाेरमले पाए निर्विरोध नन्याम्सकाे रजिस्टारमा हाल मेडिकल काउन्सिलका रजिस्टार प्रा. डा दिलिप शर्मा हुनेछन् । निर्देशकमा डा भुपेन्द्र बस्नेत नै दोहोरीने सम्वाभना छ ।

विहिबार वीर अस्पतालका अधिकांश कर्मचारीहरूको प्रतिनिधित्व गर्दै तथा न्याम्सको आधिकारिक ट्रेड युनियनले स्वास्थ्य मन्त्रीलाई भेटी पदाधिकारी नियुक्तीमा प्रतिष्ठान सेवाको कर्मचारी एवं शिक्षक मध्यबाट नियुक्ति गर्ने र वीरमा बिरामिलाई चुस्त सेवा दिने ट्रमा सेन्टरलाई नेपालि जनताको अस्पताल बनाउने र सस्तो उपचार सेवा दिने अदालतकोÞ आदेश अनुसार संस्थालाई स्वायत्त रुपमा सन्चालन गर्ने व्यक्तीलाई भि सी नियुक्त गर्नूपर्ने छ ।

Last modified on 2018-08-10 09:55:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts