शरीरमा यसकारण आउँछ दाद 

(भिडियोसहित)



Download our app to get more features


दादलाई एग्जीमा पनि भनिन्छ । विशेषगरी फंगल इन्फेक्सनले शरीरमा दाद र चिलाउने समस्या हुन्छ र यो समस्या शरीरका विभिन्न भागमा सजिलै फैलन्छ ।
दाद भएका व्यक्तिले प्रयोग गरेको सामानहरु कपडा, खानेकुरा, उनीहरुले प्रयोग गर्ने कस्मेटिक समाग्रीहरुबाट संक्रमण फैलने गर्छ । साथै सरसफाई, खानपीनमा ध्यान नदिनाले पनि दादको संक्रमण छिटोछिटो फैलन्छ ।  यस्तो समस्याबाट जोगिन र कसरी उपचार गर्ने भन्ने विषयमा छाला तथा यौनरोग विशेषज्ञ डा. दीपककुमार अर्यालले केहिँ सुझाब दिएका छन् । 

लक्षण:

  • शरीर चिलाउने । 
  • चिलाएको स्थानमा घाउ भइ इन्फेक्सन हुने ।
  • टाउकोदेखि खुट्टासम्म शरीरको कुनै पनि भाग धब्बा देखिने । 
  • ध्यान दिनुपर्ने कुराहरु
  • दाद भएको स्थानमा नङले नकोट्याउने ।
  • श्ुाद्ध पानी पिउने ।
  • खानपीनमा ध्यान दिने ।
  • घर वरिपरिको वातावरण सफा राख्ने ।
  • लगाउने कपडा सफा राख्ने । 
  • जथाभावी औषधिको प्रयोग नगर्ने ।

उपचार :

  • यसको मुख्य उपचार भनेको सरसफाई नै हो । सरसफाईमा विशेष ध्यान दिएमा समस्या स्वत घटेर जान्छ  । 
  • शरीरमा डाबर दाद आएमा चिकित्सकको सल्लाह बमोजिम औषधिको प्रयोग गर्ने ।
  •  

भिडियो हेर्नुहोस्:

Last modified on 2018-08-11 09:00:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts