प्रधानमन्त्री ओली र डा. केसीबीच भेटवार्ता हुँदै 



Download our app to get more features

काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र प्राध्यापक डाक्टर गोविन्द केसीबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ११ बजे हुने भेटवार्तामा डा. केसीसँग सरकारले गरेको सम्झौताहरु कार्यान्वयनका विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

पटक-पटक स्वास्थ्य क्षेत्रको सुधारका लागि सत्याग्रह गर्दै आएका डा. केसीसँग १५ औं अनसनको क्रममा सरकारले गरेको सम्झौता कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

Last modified on 2018-08-12 07:15:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts