इबोलाका कारण कङ्गोमा थप दशको मृत्यु



Download our app to get more features

कङ्गो, २५ साउन । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ ।
दक्षिण किभु प्रान्तमा यही १ अगस्टमा इबोला सम्बन्धी ४४ बिरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद विरामी भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
दशौँ लाख मानिस बस्ने गोमा शहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् । सन् १९७६ देखि कङ्गोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कङ्गो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो ।
अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ । कङ्गोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
रासस/एएफपी


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts