कञ्चनपुर: भवन अभावमा प्रसूतिसेवा प्रभावित

What's This?


Download our app to get more features

फागुन २१, कञ्चनपुर, । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजी स्वास्थ्य चौकीमा भवन अभावमा चौबीस घन्टे प्रसूति सेवा प्रभावित हुँदै आएको छ । भवन अभावमा स्वास्थ्य चौकीको एकै कोठामा परिवार नियोजन, प्रसूति र गर्भपतन सेवा सञ्चालन हुँदै आएको छ ।

प्रसूति सेवा दिनका लागि स्वास्थ्य चौकीसँगदक्ष जनशक्ति भए पनि अलग्गै कोठा नहुँदा सुत्केरी सेवा सहजरुपमा सञ्चालन गर्न कठिनाइ भएको स्वास्थ्य चौकीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । “जनस्वास्थ्य कार्यालयमार्फत सुत्केरी सेवाका लागि भवन निर्माण गरिदिन भन्दै आएपनि सुनुवाइ हुन सकेको छैन” – उहाँले भन्नुभयो ।

जनस्वास्थ्य कार्यालयबाट सुत्केरी सेवाका लागि भवन निर्माण गरिदिन भन्दै आएपनि सुनुवाइ हुन सकेको छैन उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम उठाएर प्रसूति सेवा सञ्चालन गर्नुपरेको छ” । -सिद्धराज भट्ट, प्रमुख , दैजी​ स्वास्थ्य चौकी 

सुत्केरी सेवाका लागि आवश्यक पर्ने पेरिलाइट, डेलिभरीसेट, रिससिएसन बेड, सर्भाइवल स्युसर सेट, इलेक्ट्रिकल अटोक्लेव, नरप्लान्ट रिमोभेवल सेट, डिजिटल ब्लडप्रेसर सेटलगायतका उपकरणको समेत अभाव भएको उहाँले बताउनुभयो । “उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम उठाएर प्रसूति सेवा सञ्चालन गर्नुपरेको छ” – उहाँले भन्नुभयो ।

 

स्वास्थ्य चौकीमा मासिक रुपमा ३५ देखि ४० जनासम्म प्रसूति हुने महिला पुग्ने गरेका छन् । गत वर्ष ४ सय जना महिलाले स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा लिएका थिए ।

यसैगरी, स्वास्थ्य चौकीमा भरपर्दो रुपमा विद्युत्को व्यवस्था नहुँदासमेत चौबीस घन्टे प्रसूति सेवा प्रभावित हुँदै आएको छ । विद्युत्को अभावमा भ्याक्सिन, प्रयोगशालाका रसायनहरु राख्ने कार्य प्रभावित भएको स्वास्थ्य चौकी प्रमुख भट्टले बताउनुभयो । “विद्युत् सेवा नियमित सञ्चालन नहुँदा भ्याक्सिनको गुणस्तर घट्ने भएको छ” – उहाँले भन्नुभयो ।

 

विद्युत् सेवा नियमित सञ्चालन नहुँदा भ्याक्सिनको गुणस्तर घट्ने भएको छ”  -सिद्धराज भट्ट, प्रमुख , दैजी​  स्वास्थ्य चौकी

विद्युत्कै अभावमा खोपको अभिलेख राख्ने कार्यसमेत प्रभावित भएको छ । स्वास्थ्य चौकीमा विद्युत् सेवा नियमित नहुँदा सोलार प्यानल राख्नका लागि जनस्वास्थ्य कार्यालय, नगरपालिका र जिविस कार्यालयमा अनुरोध गरिएको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले बताएका छन् ।

रासस

Last modified on 2016-03-04 13:21:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts