कलेजोको संक्रमणले जान सक्छ ज्यान



Download our app to get more features

मानिसको अंग मध्ये कलेजो एक प्रमुख अंग हो । सामान्यतया कलेजो नरम हुन्छ, हामी सबैले खसीको कलेजे देखेकै छौं होला, मानिसको कलेजो पनि त्यस्तै रंगको र त्यस्तै नरम हुन्छ । कलेजोमा विभिन्न रोग देखा पर्न सक्छ । जस मध्ये एक हो लिभर सिरोसिस । सिरोसिस भन्नाले कलेजोमा देखिने कडापन हो ।

कलेजोमा नरमपना हराएर जाने, शुरुको अवस्थामा कलेजो सुन्निने, कलेजोमा गाठा गुठी आउने र बिस्तारै कलेजो कडा हुँदै जान्छ । जसलाई लिभर सिरोसिस भनिन्छ । लिभर सिरोसिस धेरै रोगहरुको अन्तिम अवस्था हो । त्यसैले यसलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ ।

जतिबेला लिभर सिरोसिस भएको थाहा हुन्छ, त्यतिबेला निकै ढिला भइसकेको हुन्ँ सक्छ । कलेजो क्रमिक रुपमा बिगँ्रदै गएर लामो समयसम्म उपचार हुन नसकि दीर्घकालिन रोग उत्पन्न भएर लिभर सिरोसिस हुन्छ । नेपालमा लिभर सिरोसिस हुने प्रमुख कारण रक्सी तथा रक्सीजन्य पदार्थको लामो समयसम्म अत्याधिक सेवन गर्नु हो । यस बाहेक भाइरल हेपाटाइटिस बी र सी को लामो समयसम्म उपचार हुन सकेन भने पनि लिभर सिरोसिस हुने गरेको छ ।  

यस बाहेक लिभर सिरोसिस गराउने अन्य कारणमा अटोइम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी, कोलोन्जाइटिस, हेमोक्रोमाटोसिसका साथै कहिलेकाहीँ लामो समयसम्म औषधि प्रयोग गर्दा जस्तै बाथ रोग, क्यान्सरमा प्रयोग हुने औषधि मेथोटक्सेट् आदि पर्छन् ।

धेरै तौल हुने, लामो समयसम्म मधुमेह रोग लागेका बिरामीहरुलाई, रक्सी नखाँदा पनि कलेजोमा बोसो जम्न सक्छ । लामो समयसम्म बोसो जमेर त्यसले असर गरेको थाहै नपाई उपचार नगर्दा पनि लिभर सिरोसिस हुनसक्छ ।

लिभर सिरोसिस मानिसलाई दुख दिने रोग हो । भित्रभित्रै लिभर सिरोसिस हुँदा पनि थाहा नहुन सक्छ । जब लिभर सिरोसिस हुन्छ त्यस समयमा जण्डिस देखिने, खान मन नलाग्ने, शरीर सुक्दै जाने, पेट फुलेर जाने, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने, रगत वान्ता गर्ने, रगतका नलिमा सुजन हुने र फुटेर कालो दिशा आउने हुन्छ ।

लिभर सिरोसिसको अन्तिम अवस्थामा कुरा बिर्सदै जाने, बेहोस हुने हुन्छ । लिभर सिरोसिस भइसकेपछि कसैलाई लिभरमा क्यान्सर पनि हुन सक्छ । यदि क्यान्सर देखा परेमा मानिस दुब्लाउँदै जाने, खाना नरुच्ने र अन्य स्थानमा सरेमा जुन स्थानमा सरेको त्यसै अनुसारको लक्षण देखा पर्न सक्छ ।

नेपालको अवस्थालाई हेर्ने हो भने अत्याधिक मात्रामा रक्सी सेवनका कारण बढीलाई लिभर सिरोसिस हुने गरेको पाइएको छ । रक्सी खाने बानी, खेत बारीमा काम गर्दा रक्सी धेरै खाने बानीका कारण रक्सी सेवनबाट हुने लिभर सिरोसिस बढीरहेको छ ।

आमाबाट हेपाटाटिस बच्चामा सरेमा पनि १०/१५ वर्षको उमेरमा लिभर सिरोसिस देखिन सक्छ । युवाहरुमा लागुपदार्थका कारण हेपाटाइटिस सी हुने गर्छ । जसका कारण पनि लिभर सिरोसिस भएको पाइन्छ ।

लिभर सिरोसिस भएको सुरुको अवस्थामा थाहा पाउन गाह्रो हुन्छ । यसका लागि भिडियो एक्सरे तथा फाइव्रोस्क्यान गर्नुपर्छ । फाइव्रोस्क्यानबाट भर्खर सुरु हुन लागेकोे लिभर सिरोसिस थाहा पाउन सकिन्छ । यस बाहेक सिटि स्क्यान गरेर पनि पत्ता लगाउन सकिन्छ ।

यस बाहेक सामान्य जाँचको क्रममा पनि विभिन्न लक्षण हेरेर थाहा पाउन सकिन्छ । अत्याधिक रक्सी सेवन गर्नेहरुको छाला कालो हुने, नशा सानो सानो देखिने, पेट फुले नफुलेको, हात खुट्टा सुन्नेको जस्ता कुरालाई ध्यान दिने गरिन्छ ।

लिभर सिरोसिसको एउटा मात्र उपचार भनेको कलेजो प्रत्यारोपण गर्नु हो । जुन हालसम्म पनि नेपालमा छैन । यसको उपचार प्रकृया खर्चिलो छ । जसका लागि भारतमा जानु पर्ने हुन्छ । यसका लागि नेपाली करीब ३०/४० लाख लाग्ने गर्छ ।

 

Last modified on 2016-09-14 19:06:08

1 Comments

  1. mero pani kalego ma boso jameko xa aausadi khaye pani kam hudaina yesko aarko upaye k garnu parla docot sab.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts