गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा



Download our app to get more features

काठमाडौं, २९ साउन । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निःशूल्क एम्बुलेन्स सेवा सुरु भएको छ । स्थानीय तहमा रहेका मानिसहरु बिरामी भएको समयमा सेवा दिनको लागि निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले बताए ।

पालिकामा ल्याइएको दुई वटा एम्बुलेन्सले गाउँपालिकाभित्र रहेका बिरामीलाई कुनै शुल्क नलिइकनै अस्पतालसम्म लैजानेछन् । बिरामीलाई जिल्ला सदरमुकाम मन्थली वा काठमाडौंसम्म ल्याउनुपरे पनि कुनै रकम नलिने गरी एम्बुलेन्स सेवा सुरु गरिएको अध्यक्ष जानकारी दिए ।

जनताका लागि सहयोगस्वरूप सेवा भित्र्याइएको बताउँदै उनले भने, ‘एम्बुलेन्सबाट बिरामीका लागि सहयोग हुन्छ । यी एम्बुलेन्स प्रयोग गरेबापत कुनै पनि रकम लाग्दैन ।’ अघिल्लो शुक्रबारबाट गाउँपालिकाले दुई वटा एम्बुलेन्स निःशुल्क सेवाका लागि सञ्चालन गरेको उनले बताए ।

भन्सार छुटसहित ११/११ लाख रुपैयाँ लागतमा खरिद गरिएका एम्बुलेन्सको चालक खर्च, इन्धन खर्च सबै गाउँपालिकाले बेहोर्ने अध्यक्ष खड्काले जानकारी दिए । ‘एम्बुलेन्स सेवाको सञ्चालनार्थ समिति बनाएर व्यवस्थित बनाउँछौँ यदि समितिमा रकमका विषय सहमति हुन नसके आफ्नै तलबबाट खर्चको व्यवस्थापन गर्छु उनले भने ।’ 

७ सय ५३ स्थानीय तहमध्ये नै स्वास्थ्य क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको ३ नम्बर वडाका वडाध्यक्ष यमबहादुर महतले दाबी गरेका छन् । उनी भन्छन्, ‘एम्बुलेन्सजस्तो सेवा निःशुल्क गर्नु गाउँपालिकाकै उदाहरणीय काम हो ।’ 

Last modified on 2018-08-14 10:06:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts