मुलुकी ऐन संसोधन गर्न डाक्टर्स सोसाइटीको माग



Download our app to get more features

काठमाडौं, ३० साउन । मुलुकी अपराध (संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित कानुनी व्यवस्थाप्रति डाक्टर्स सोसाइटी अफ नेपालले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै सोसाइटीले तत्काल ऐन संसोधन गर्न समेत माग गरेको छ ।

सोसाइटीले यसअघि पनि सँधै दण्डहीनताको विरुद्ध अपराधीलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने मान्यता राख्दै आएको भन्दै भदौ १ देखि लागू हुने मुलुकी फौजदारी कार्यविधि ऐनले राज्यको दृष्टिमा चिकित्सकहरु अपराधी सरह ठानेको सोसाइटिको ठहर छ ।

‘यस्तो ऐन कार्यान्वयन गरेर चिकित्सकहरुलाई कलंकित गर्न मिल्दैन र त्यस्ता अपराधीलाई दण्डित गर्ने कानुनी व्यवस्था पहिला पनि भएको र अहिले पनि त्यहि रहिरहेको छ', महासचिव तोसिमा कार्कीले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ । प्रस्तावित कानुन कार्यान्वयनमा जाँदा थप जटिलता थपिने सोसाइटिको निश्कर्ष छ ।

‘कडा कानूनका कारण चिकित्सकहरु जटिल केसमा जोखिम नलिने अवस्थामा पुग्न सक्छन् र चिकित्सकहरुबाट यस्तो ‘रक्षात्मक प्राक्टिस’को थालनी भयो भने त्यो मुलुककै स्वास्थ्य सेवा प्रणालीलाई दुर्भाग्य पूर्ण हुन जान्छ विज्ञप्तिमा भनिएको छ ।’

यस्तो प्राक्टिसले स्वास्थ्य सेवा नै महँगो भएर जाने, अनावश्यक जाँच र परीक्षण बिरामीलाई नै थोपारिने परिस्थिति आउन सक्ने हुँदा त्यसले न्युन तथा मध्यम आयस्रोत भएका नेपाली जनतालाई असर सोसाइटीले जनाएको छ । चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्नुको सट्टा यस्तो ऐन कार्यान्वयन गर्दा त्रासमा काम गर्नुपर्ने बाध्यताको सिर्जना हुने भन्दै ऐन संसोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Last modified on 2018-08-15 12:17:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts