मुलुकी ऐनको विरोधमा 'म भगवान पनि होइन, अपराधी पनि होइन' भन्ने प्रोफाइल फ्रेम डाक्टरमाझ भाइरल



Download our app to get more features

काठमाण्डौ, ३० साउन । यहि भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता र फौजदारी संहितामा उल्लेख गरिएका बुँदाहरुमा तीव्र असन्तुष्टि जनाएका चिकित्सकहरुले विरोधको नयाँ शैली अपनाएका छन् ।

लापर्वाहीपूर्वक वा बद्नियत चिताई उपचार गर्दा बिरामीको मृत्यु भएमा वा अंगभंग भएका क्षतिपूर्ति साथै जेलसहितको कडा कानून बनेपछि चिकित्सक आक्रोशित बनेका हुन् । उनीहरुले चिकित्सकलाई लक्षित गर्दै अव्यवहारिक कानूनी प्रावधान राखेको भन्दै त्यसलाई तत्काल संशोधनको माग राखेका छन् । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन मार्फत ऐन कार्यान्वयनमा आए उपचार सेवा नै ठप्प पार्नेसम्मको कदम उठाउने चेतावनी दिइसकेको छ ।

फेसबूक फ्रेमद्वारा विरोध

मुलुकी ऐनको विरोध गर्न चिकित्सकहरुले फेसबूकको साथ लिएका छन् । फेसबूकमा सक्रिया हजारौं चिकित्सकले आफुहरु भगवान पनि नभएको र अपराधी पनि नभएको भन्ने सन्देशसहितको फ्रेममा आफ्नो प्रोफाइल तस्वीर राखेका छन् । तस्वीरको फ्रेममा भनिएको छ : म भगवानपनि होइन, म कुनै अपराधी पनि होइन । म एक चिकित्सक । बिरामी बचाउने इमान्दार प्रयास गर्छु, ग्यारेण्टी लिन सक्दैन ।

मुलुकी अपराध संहितालाई लिएर चिकित्सकहरुले विरोध जनाउन डक्टर्स सोसाइटी अफ नेपाल नामक युवा चिकित्सकहरुको संगठनले फेसबूक फ्रेमको विकास गरेको हो । साथै सोसाइटीले तत्कालै ऐनको संसोधन गर्न भन्दै माग राखेका छन् ।

Last modified on 2018-08-15 16:47:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts