बिमस्टेकमा आउने राष्ट्र प्रमुखको उपचार गर्न वीर प्राथमिकतामा



Download our app to get more features

काठमाडौं, ३१ साउन । बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने राष्ट्रप्रमुखको स्वास्थ्य सुरक्षाका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी पुरा गरेको बताएकाे छ । भदौ दोस्रो साता हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सदस्य राष्ट्रका उच्च अधिकारीहरू नेपाल आउँदैछन् ।

उनिहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तयारी पुरा गरेको जनाएको हाे । मन्त्रालयका सुचना अधिकारी डा. दिपेन्द्र रमण सिंहले वीर अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्र कुमार बस्नेतको संयोजकत्वमा टिम बनाएको बताए ।

उच्च अधिकारीहरु नेपाल रहँदासम्म चिकित्सक टिमको संयोजन डा. बस्नेतले गर्नेछन् ।

उपचारका लागि पहिलो प्राथमिकतामा वीर अस्पताल 

भैपरी आउने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सरकारले करिब एक दर्जन अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डा. सिंहका अनुसार वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज सिनामंगल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अस्पताल उपचारका लागि तोकिएको छ ।

उनिहरुको उपचारका लागि पहिलो प्राथमिकतामा वीर अस्पताल राखिएको छ । नेपाल एम्बुलेन्स सेवाले उच्च प्रविधि युक्त एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यस्तै मन्त्रालयले सबै अस्पतालहरुलाई सो समय अवधिभर एम्बुलेन्स र चिकित्सक तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

Last modified on 2018-08-17 09:54:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts