अकाल मृत्युपछि किन गरिन्छ पोष्टमार्टम ? कसरी पत्ता लाग्छ मृत्युको कारण



Download our app to get more features

सामान्यतया पोष्टमाटर्म भन्ने बित्तिकै मान्छे अकालमा मर्दा के कारणले मर्यो भनी पत्ता लगाउने विधी नै हो । घटना भएपछि पुलिसले मरेको मान्छे चिन्नका लागि अनुसन्धान गर्छ जसबाट कागजात र मुचुल्का तयार हुन्छ ।

अनि मात्र डाक्टरले आफ्नो काम अगाडि बढाउँछन् । डाक्टरले मृतकको शरीरको बाहिरी भाग र भित्र भागको परीक्षण गर्छन । पोस्टमार्टम गर्नुको मुख्य उद्देश्य भनेको मृतक आफै मरेको हो या अरु कसैले मारेको हो भन्ने पत्ता लगाउन गरिन्छ ।

पोष्टमार्टममा शरीर बाहिरको के के परीक्षण गरिन्छ ?

मान्छे मर्नुमा विभिन्न कारण हुन्छ । त्यहि कारण पत्ता लगाउनका लागी मृतकको शरीरमा लागेको चोटपटक देखि यदि झुण्डिएर मरेको हो भने मृतक झुन्डिँदा देखिएका दाग अनि झुन्डीएको धागो र अवस्थाको परीक्षण गरिन्छ । जस्तो गोलि लागेको केसमा भित्रि चोटभन्दा पनि बाहिरको घाउ हेर्नपर्ने हुन्छ ।

किनकी कपडाबाट छेडेर मरेको हो या कपडा निकालेर गोली हानेको हो की हैन पत्ता लगाउन सकिन्छ । मृत्युको कारणभन्दा पनि आफै  मरेको हो या अरु कसैले मारेको पता लगाउन सकिन्छ । घाउहरु कस्तो छ, त्यो घाउले गर्दा मान्छेको मृत्यु हुनसक्छ की सक्दैन भनि परीक्षण गरिन्छ । घाउहरु मृत्यु अगाडि भएको हो या मृत्यु पछाडि भएको हो भनि पत्ता लगाउन पनि यस्तो परीक्षण गरिन्छ ।

शरीरको भित्रको अङ्ग परिक्षण 

मृतकको मृत्यृ के कारणबाट भयो भनेर विभिन्न अङ्गहरुको परीक्षण गरिन्छ । मान्छको मृत्यु हुनुमा शरीरबाट अत्याधिक रगत बगेर मरेको हो की कुनै अङ्गहरु फुटेको कारणले गर्दा हो परीक्षण गरिन्छ । त्यस्तै, अङ्गगमा समस्या भएर हो या एक्कासी मृत्यु हुने रोगका कारण मृत्यु भएको हो भनेर मुटुको जाँच पनि गरिन्छ ।

त्यो बाहेक कहिलेकाँही मिर्गौलामा समस्या देखिने भएकाले मिर्गौलाको पनि जाँच गरिन्छ । त्यस्तै, चक्कुले हानेर मरेको हकमा भित्र भागको अङ्ग छेडिएको अवस्थामा घाउले गर्दा रगत धेरै बगेर मृत्यु भएको हुनसक्ने भएकाले सम्बन्धित अंगको परीक्षण गरिन्छ । 

वीष सेवन गरेको मृत्युमा चाहँी विधि बिज्ञान प्रयोगशालामा लगेर वीषको परीक्षण गरिन्छ । के वीष हो  त्यो वीषबाट मृत्यु हुन सक्छ या सक्दैन भनेर परीक्षण गर्ने गरिन्छ । विधिविज्ञान प्रयोगशालामा वीष ,रक्सीको सेवनबाट मृत्यु भएको मानव अङ्ग कलेजोदेखि पेटको खानेकुरा ,मिर्गौलाको आधा आधा भाग,रगत तथा पिसाक जाँचेर मृत्युको कारण पत्ता लगाइन्छ ।

सम्रगमा मान्छे के कारणले मर्यो तथ्य पत्ता लगाउनका लागि शरीरको बाहिरी चोट ,भित्रि चोट अनि विधिविज्ञान प्रयोगशालाबाट आएको रिपोर्ट हेरेर मानिसको आकस्मिक मृत्यु कसरी भयो भने थाहा पाउन सकिन्छ  ।

Last modified on 2018-08-17 09:54:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts