डाक्टरहरुलाई प्रधानमन्त्री ओलीले भने –भ्रममा नपर्नुस् 



Download our app to get more features

काठमाडौ ३१,साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ देखि लागू हुने मुलुकी ऐनका व्यवस्थालाई लिएर चिकित्सक लगायत सरोकारवालाहरुले नचाहिँदो भ्रम फैलाएको आरोप लागाएका छन् ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एकवर्ष अघिनै आवश्यक छलफल पश्चात ऐन पास गरिएको स्मरण गराए । 

गतवर्ष आवश्यक छलफलबाट पारित गरिएको कानूनमा अहिले भ्रम फैलाउन खोजीएको हो । उनले भने ‘बिरामीको मृत्यु भएमा डाक्टरलाई जन्मकैदको व्यवस्था रहेको छ भनेर भ्रम फैल्याइएको छ, त्यस्तो कानून संसदले कहिँ बनाउँछ ?’उनले प्रश्न गरे ।

भदौ १ बाट लागू हुने मुलुकी अपराध (संहिता)ऐनमा डाक्टरलाई कारबाहीको व्यवस्था कडा राखिएको भन्दै चिकित्सक संघले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । 
ओलीले डाक्टरको विषयमा ५० वर्षदेखि एउटै कानून रहेको भन्दै यसमा भ्रम नफैलाउन आग्रह पनि गरेका छन् । ‘५० वर्षदेखि कानूनमा भएकै कुरा अहिलेपनि छ । तर, अनावश्यक भ्रम फैलाउन खोजिएको छ ।’ उनले थपे । 
 

Last modified on 2018-08-17 09:55:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts