पुरुषमा स्तन क्यान्सरको जोखिम बढ्दै



Download our app to get more features

नेपालमा क्यान्सरका बिरामी वर्षेनी बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका छन् । विशेषगरी फोक्सो, स्तन, आमाशय, पाठेघर र पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या बढ्दो रहेको ती तथ्यांकहरूमा उल्लेख छ । 

क्यान्सर वा अन्य कुनै पनि रोग लागेमा चाडो भन्दा चाडो उपचार पक्रिया सुरु गर्नु राम्रो हुन्छ । रोग पहिचान र उपचारका विभिन्न प्रविधि विकास भइरहेकाले पहिलो चरणमै उपचार सुरु गरे क्यान्सरबाट डराउनु पर्दैन । 

क्यान्सर शरीरका जुनसुकै भागमा लाग्न सक्छ । त्यसमा पनि अस्पतालमा आएका क्यान्सरका बिरामीको अवस्थालाई हेर्ने हो भने स्तन क्यान्सरका बिरामीको संख्या बढी छ । आजभोलि स्तनमा गाँठागुँठीको शंका लाग्ने बित्तिकै चिकित्सिकमा पुगी हाल्छन्, यो राम्रो सुरुवात हो ।

आफूलाई सुरक्षित राख्न कुनै समस्या नै नभए पनि स्वास्थ्य परीक्षण गर्नु अझ राम्रो हुन्छ । क्यान्सर नसर्ने रोग हो तर यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई नै चुनौती थपिरहेको छ ।
महिलामा सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ । स्तनमा नयाँ मासु वा गाँठो आएर अनावश्यक रूपमा बढ्यो भने त्यो स्तन क्यान्सर हो ।

क्यान्सर हुँदैमा डराउने, आत्तिने गर्नु हुँदैन । स्तन क्यान्सर पुरुषमा पनि हुन्छ । हजार जना पुषहरूमध्ये एक जनालाई स्तन क्यान्सर लाग्ने अध्ययनहरूले देखाएका छन् । पुरुषमा हुने स्तन क्यान्सर शून्य दशमलव १ प्रतिशत हुन्छ । कलेजोको कारणले हुने गरेको क्यान्सर नै पुरुषमा हुने स्तन क्यान्सर हो ।

स्तन क्यान्सरको कारण

अव्यवस्थित रहनसहन र खानपीन क्यान्सरको प्रमुख कारण हो । स्तन क्यान्सर शहरीया महिलामा हुने सम्भावना बढी हुन्छ । शुन्दरतामा कमी आउने डरले, व्यस्थ जीवनशैलीका कारण शिशुलाई स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छ । जसले गर्दा दुध गानिन्छ र क्यान्सर हुने सम्भावन बढ्छ ।

ज्यादै मोटोपना र सन्तान नजन्माउने महिलामा पनि यो रोग जोखिम उच्च हुन्छ । सुरुको अवस्थामा स्तन क्यान्सर हुँदा केही नहुने वा लक्षण नै देखा पर्दैन । स्तनमा गिर्खा भए पनि नदुख्ने भएकाले थाहा हुँदैन । त्यसैले ४० वर्ष कटेपछि नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ ।

जुन महिलाको महिनावारी छिटो वा सानो उमेरदेखि नै सुरु भएको हुन्छ र महिनावारी (मेनोपज) लामो समयपछि मात्र सकिन्छ, त्यस्तालाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।नियमित व्यायाम नगर्ने, पिल्स सेवन गर्ने महिलालाई पनि क्यान्सरको जोखिम हुन्छ ।

विभिन्न अध्ययनका अनुसार ४० देखि ५० वर्षपछि मात्रै स्तन क्यान्सरको जोखिम बढी हुन्छ । तर, त्यसअघि नदेखिने भने होइन । युवावस्थाका ९२०–३० वर्ष० महिलामा पनि स्तन क्यान्सर देखिएको छ । यदि स्तनको आकारमा परिवर्तन आएको छ भने तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गर्नुपर्छ ।

दुधको निप्पल (मुन्टा) बाट रगत बग्ने, पानी बग्ने, पिप बग्नेजस्ता लक्षण देखिए पनि तत्काल चेकअप गर्नुपर्छ । स्तन क्यान्सर हुँदा काखीमा गिर्खा आउन सक्छ । 

बच्ने उपाय 
जीवनशैलीमा परिवर्तन ।
दैनिक सागसब्जी र फलफुल बढी खाने ।
जंकफुड, तारेको र भुटेका खाद्यवस्तु कम खाने ।

महिलाले महिनाको एकपटक आफैँ स्तन छाम्ने वा वर्षमा एकपटक विशेषज्ञसँग सल्लाह लिने गर्नुपर्छ । जाँच गर्दा महिनावारी हुनुभन्दा अघि वा पछि गर्नु सबैभन्दा उत्तम हुन्छ । किनभने महिनावारी भएको बेलामा स्तन कडा हुन्छ र परीक्षण गर्दा थाहा नहुने सम्भावना हुन्छ ।

मेमोग्राम (स्तनको एक्स–रे गर्ने मेसिन) बाट नियमित चेकजाँच गर्ने गर्दा स्तन क्यान्सरको सुरुको अवस्थासहित स्तनमा भएको गाँठा पत्ता लगाउँछ । ३० देखि ४० प्रतिशत क्यान्सर दैनिक गतिविधि, खानपीन ९मद्यपान, धुम्रपानले हुन्छ ।

नियमित रूपमा व्यायाम गर्ने, सागपात, फलफूल बढी भन्दा बढी खाने, जंकफुड कम खाने, सेकुवा, भुटन, आगोमा पोलेर बनाइएको मासुको परिकार कम खानुपर्छ । पोलेको मासु आन्द्रा र खाना नलीको क्यान्सर गराउने मुख्य कारण हो । सुरुको स्टेजमा पत्ता लगाउन सक्यो भने ९९ प्रतिशत क्यान्सर निको बनाउन सकिन्छ । क्यान्सर हुनासाथ उपचार नै नहुने र मृत्यु भइहाल्ने भन्ने हुँदैन ।

पोलेको मासु बढी जोखिमपूर्ण

खानानलीको क्यान्सर गराउने मुख्य कारण भनेको पोलेको मासु हो । विशेषगरी पोलेको मासुले आन्द्रा र खानानलीको क्यान्सर हुन्छ । त्यसैले पोलेको मासु खानबाट जोगिन सकियो भने क्यान्सर हुनबाट पनि बच्न सकिन्छ ।

मासु पोल्दा त्यसमा भएको बोसोबाट हानिकारक रसायन उत्पादन हुन्छ ।त्यो रसायनले आन्द्रामा क्यान्सर हुने तत्वलाई बढवा दिन्छ । यसले क्यान्सर बन्ने तत्वलाई बढाउँछ । क्यान्सर वंशानुगत पनि हुने भएकाले समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ

(क्यान्सर विशेषज्ञ डा. अम्बुज कर्ण वीर अस्पतालमा कार्यरत छन् ।)

Last modified on 2018-08-18 07:25:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts