सुत्केरी हुन मन्त्री आफैं साइकल चलाएर अस्पताल



Download our app to get more features

बीबीसी, ४ भदौ । आफ्नो पहिलो बच्चालाई जन्म दिनका लागि न्यूजील्याण्डकी एक मन्त्री आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् । ग्रीन पार्टीकी जूली जेन्टर ४२ सप्ताह अर्थात् ९ महिनाकी गर्भवती छिन् । कारमा धेरै जना अटाउने सीट नभएर साइकलमा जाने उनले निधो गरेकी हुन् ।

उनले आफ्नो श्रीमानसँग आफ्नो तस्वीर सामाजीक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेर लेखेकी छिन्, ‘दिनको सबैभन्दा सुन्दर सुरुवात ।’ यहि वर्ष जूनमा प्रधानमन्त्री जैसिन्दा आर्डर्न विश्वको दोस्रो महिला बनेकी थिइन् जसले प्रधानमन्त्रीको रुपमा आफ्नो कार्यकालको समयमै बच्चालाई जन्म दिइन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री र जूली जेन्टरले आफ्नो बच्चा जन्माउनका लागि अकल्याण्ड सिटी सरकारी अस्पताललाई चुनेकी छन् । ३८ वर्षीया जेन्टर देशको उप यातायात मन्त्री हुन् र साइकिलिंग प्रति आफ्नो झुकावका लागि पनि परिचित छिन् ।

‘हामीलाई शुभकामना दिनुस । म र मेरो श्रीमानले अस्पताल जानका लागि साइकिललार्इ चुनेका छौं । किनकी कारमा सबैजना अटाउन सक्ने क्षमता छैन । त्यसैले आज हामी राम्रो मुडमा छौं ।’ जेन्टरले आफ्नो इन्स्टाग्राम पोस्टमा उल्लेख गरेकी छन् ।

जेन्टरले आफ्नो बच्चाको लागि तीन महीनाको सुत्केरी विदा पनि लिने बताएकी छिन् । न्यूजील्याण्डमा १९७० मा पहिलो पटक एक महिला सांसदले आफ्नो कार्यकालको क्रममा बच्चालाई जन्म दिएकी थिइन् । १९८३ मा एक महिला नेताले कामको बेला बच्चालाई स्तनपान गराएको कुराले निकै चर्चा पाएको थियो ।

Last modified on 2018-08-21 06:44:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts