आमाबाबुले गरेको धुम्रपानका कारण छोराछोरीमा दीर्घकालसम्म फोक्सोको जोखिम बढाउने



Download our app to get more features

बीबीसी, ४ भदौ । एउटा अमेरिकी अनुसन्धानका अनुसार धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका चुरोट नपिउने छोराछोरी वयस्क अवस्थामा पुगेपछि फोक्सोसम्बन्धी गम्भीर रोगका शिकार भएर मृत्यु हुने जोखिम उच्च रहेको छ ।

हरेकवर्ष प्रत्येक एकलाखको दरले धूम्रपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेका छन र बाल्यकालमा हुने प्यासिभ स्मोकिङ अर्थात चुरोट पिउने मानिसहरूको वरपर रहेर हुर्किएमा त्यसले सो संख्यामा थप सातजनाको मृत्युु पनि थपिदिने अनुसन्धानकर्ताहरू बताउँछन ,

अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९०० चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनको नेतृत्व गरेको थियो ।

विज्ञहरू भन्छन् –बालबालिकालाई जोगाउने सबैभन्दा उत्तम तरिका भनेको धूम्रपान त्याग्नु हो।

वयस्क अवस्थामा धूम्रपान गर्नेसँग बसेका सहभागीहरूमा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि देखिएको सो अध्ययनले दावी गरेको छ । प्रत्येक हप्ता १० वा त्योभन्दा धेरै घण्टा चुरोटको धुवाँको सम्पर्कमा आएमा त्यसले इस्कीमिक मुटु रोगका कारण ज्यान जाने जोखिम २७ प्रतिशतले बढ्छ ।

इस्कीमिक मुटु रोग लाग्दा मुटुको धमनी साँघुरो भई रगत वा अक्सिजन कमप्रवाह हुनसक्ने अवस्था देखिन्छ । त्यस्तै चुरोट नपिउनेभन्दा चुरोट पिउनेहरू माझ हुर्किएका वयस्कमा मस्तिष्कघातका कारण २७ प्रतिशत तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४२ प्रतिशत रहेको उक्त अध्ययनले देखाएको छ । 
अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा उक्त अध्धयन प्रकाशित छ ।

अध्ययनका क्रममा सहभागीलाई उनीहरू जीवनभर चुरोटको धुवाँको कत्तिको सम्पर्कमा रहे भनेर प्रश्न गरिएको थियो र त्यसपछि अर्को २२ वर्षसम्म उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको थियो।

एक्सन अन स्मोकिङ एण्ड हेल्थ नामक अभियान समूहकी हेजल चिजम्यानले भनिन् ‘बालबालिकालाई जोगाउन उनीहरूको सम्पर्कभन्दा बाहिर रहेर चुरोट पिउनु पर्ने पछिल्लो अध्धयनले देखाएको छ । सबैभन्दा सही तरिका भनेको आमाबाबुले चुरोट पिउन नै छाड्नु हो ।’
 धुम्रपानको जीवनभर जोखिम

ब्रिटिश लङ फाउण्डेशनका स्वास्थ्य सल्लाहकार डाक्टर निक होपकिनसनले प्यासिभ स्मोकिङको बाल्यकालपछि सम्म पनि एकदमै गहिरो असर हुने बताए ।
चुरोट पिउने आमाबाबुका छोराछोरी दम तथा फोक्सो राम्रोसँग विकास नहुने समस्याको जोखिममा हुन्छन । सो अध्ययनले बाल्यकालमा चुरोटको धुवाँको सम्पर्कमा रहे त्यसको असर वयस्क अवस्थासम्म रहने जसकारण श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्ने देखाएको छ ।
अम्मलको आँकडा

सो अनुसन्धानका एकजना लेखक डाक्टर रायन डाइभरले भने, ‘प्यासिभ स्मोकिङसँग बल्यकालमा हुने सम्पर्क तथा अधबैँसे अवस्था र त्यसपछि कडा खालको फोक्सोसम्बन्धी रोगका कारण मृत्यु हुने सम्बन्ध देखाउने यो पहिलो अध्ययन हो ।’ उनले भने ‘हाम्रो खोजले जीवनभर प्यासिभ स्मोकिङसँग घटाउन थप प्रमाण दिन्छ ।’


 

Last modified on 2018-08-21 06:45:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts