संविधानसँग बाँझिएको मुलुकी संहिताको केही व्यवस्था खारेजीको मागसहित रिट दायर



Download our app to get more features

काठमाडौं, ४ भदौ । मुलुकी संहिता–०७४ लागू भएको चौथो दिनमै संहिताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । संहिताका केही व्यवस्था संविधानसँग बाझिएको भन्दै खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । 

संहिताको इलाज सम्बन्धी व्यवस्थाकोे केही बुँदामा चिकित्सकलहरुले उपचार गर्दा बिरामीको मृत्यु भएमा सजाय गर्ने, अनुमति बिना तस्विर खिच्न नपाउने, भिख माग्न नपाउनेलगायतका व्यवस्था संविधानसग बाझिएको भन्दै रिट निवेदकले खारेजको माग गरिएको छ।  उपचारका विषयमा रिटमा भनिएको छ, ‘संविधानको धारा १७ (१) (च), धारा ३०, ३५ समेत विपरित भै चिकित्सकहरुले उपचार गर्न नै डराउनु पर्ने अवस्था आएको रिटमा उल्लेख छ ।' 

अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट  निवेदनमा ८ देवानी र फौजदारी संहिताको बुँदा संविधानसँग बाझिएको दाबी छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय संसद् लगायतका विपक्षी बनाइएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts