अनुसन्धानमा आधारित नीति बनाउने स्वास्थ्यमन्त्री यादवको दाबी



Download our app to get more features

काठमाण्डौ, ५ भदौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रका अनुसन्धानलाई आधार बनाएर नीति निर्माण हुनुपर्ने बताएका छन् । 
आज ललितपुरमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री यादवले अनुसन्धानबाट प्राप्त तथ्यको आधारमा नीति कार्यक्रम बनाउँदा उत्कृष्ट कार्यक्रमको छनोटका साथै स्रोत साधनको व्यवस्थापन र प्रभावकारितामा सघाउन पुग्ने बताए । 

योजनाको प्रभावकारिता मूल्याङकनका लागि अनुसन्धानमा आधारित योजनाले मात्रै स्रोतको सदुपयोग र सहि अर्थमा प्रतिफल दिने मन्त्री यादवको भनाइ छ । नेपाल अनुसन्धाने स्वास्थ्य परिषद्ले जी आई जेट नेपालको सहयोग र नेपाल सरकार जनसंख्या मन्त्रालयको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो । 

अनुसन्धान गर्दा हुने विविध जटिलताका बाबजुतपनि काठमाडौ र देशभरी नै सर्ने र नसर्ने रोगको अनुसन्धान गरिरहेको परिषदका अध्यक्ष डा. अन्जनी कुमार झाले जानकारी दिए । 
 

Last modified on 2018-08-22 08:05:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts