सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण



Download our app to get more features

बुटवल, ५ भदौ । लुम्बिनी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । सरकारले बिरामीलाई वार्षिक एक लाख बराबरको खर्च उपलब्ध गराउने घोषणा गरेपछि सोही अन्तर्गत निःशुल्क औषधि वितरण भएको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिष्ट प्रवीण शाहले जानकारी दिए । 

उनले भने, ‘स्थानीय तहको सिफारिसमा पीडित भएको प्रमाणित भएपछि औषधि उपलब्ध गराएका छांै ।’ दाङ, नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु जिल्लाबाट सो अस्पतालमा रगत परीक्षण लगायतको सुविधा लिन बिरामी आउछन् । थारू समुदायमा देखिने सिकलसेल एनिमियाका बिरामी यस क्षेत्रमा ६ पुगेका छन् । अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. कृष्ण खनालले बाँकी रहेको औषधि मात्रै वितरण भएको तर पर्याप्त औषधि नआएको बताउनुभयो । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts