औषधिको जेनेरिक सिफारिस यसकारण उपलब्धीमुलक 



Download our app to get more features

स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिकमा लेख्नु पर्ने कानुनी व्यवस्था गर्ने भन्ने समाचार आइरहेका छन् । जुन अपरिहार्य छ । यसरी औषधि सिफारिस गर्दा आम नागरिक औषधिमा हुने बेथिति र महंगीको चंगुलबाटमुक्त हुने निश्चित छ ।

यसै सन्दर्भमा औषधि सिफारिस गर्ने केहि स्वास्थ्यकार्मी साथीहरूले औषधि जस्तो संवेदनशील वस्तुलाई कुनै खाद्य सामग्रीहरूसँग दाँजेर आफ्नो विज्ञता र क्षमातामाथि प्रश्न चिन्ह खडा गर्दै हुनुहुन्छ । औषधि कुनै मन्सुली चामल वा वासमती चमाल होइन । न त यसलाई पाउरोटी वा अन्य पदार्थसँग नै दाज्न सकिन्छ । कुन कम्पनीको औषधि उच्च गुणस्तर र कुन कम्पनीको औषधि न्युन गुणस्तरको यो ठम्याउने काम औषधि सिफारिस गर्ने व्यक्तिको होइन ।  यो सिफारिसकर्ताको विज्ञताको क्षेत्र पनि होइन । औषधि कम्पनी र औषधिको गुणस्तर चेकजाँच गर्ने र नियमन गर्ने विज्ञसहितको सरकारी आधिकारिक निकायले यो सिफारिस गर्ने सर्वबिदितै छ ।

गुणस्तर जाँच गर्ने सरकारी निकाय र विज्ञहरूलाई चुनौती दिदै कुनै पनि कम्पनीको औषधिको गुणस्तरमाथि धावा बोल्ने औषधि सिफारिसकर्ता स्वास्थ्यकर्मीलाई नेपालमा भएका सम्पूर्ण औषधि उद्योगहरू विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त हुन् भन्ने ज्ञान होला । साथै ती उद्योगबाट उत्पादित र आयातकर्ताहरूले विदेशबाट आयात गरेका सम्पूर्ण नेपाली बजारमा उपलब्ध औषधि विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्ड बमोजिम उत्पादित र उपलब्ध छन् भन्ने कुराको जानकारी हुन पनि जरुरी छ ।

साथै औषधि सिफारिस गर्ने व्यक्तिले सिफारिस गरेको ब्राण्डको औषधिमात्रै  गुणस्तरीय हुने र औषधि वितरण गर्ने स्वास्थ्यकर्मीले वितरण गरेको ब्रान्डको औषधिको गुणस्तर कम हुने या नहुने भन्ने हास्यास्पद कुरा पनि हुन्छ ? एउटा ब्राण्ड सिफारिस गर्ने स्वास्थ्यकर्मी चाहि सेवामुखी अनि अर्को ब्राण्ड वितरण गर्ने स्वास्थ्यकर्मी चाहि व्यापारी कसरी ?  गुणस्तरीय स्वास्थ्य सेवामा औषधि सिफारिसकर्ताको मात्रै भूमिका नभई सबै क्षेत्रका स्वास्थ्यकर्मीको उत्तिकै भूमिका रहन्छ । बिरामीप्रतिको सेवाभाव सिफारिसकर्ता होस् या वितरण गर्ने फार्मासिस्ट सबै बिरामीप्रति उत्तिकै उत्तदायी हुने सर्वविदिदै छ । 

अतः जेनेरिकमा औषधि सिफारिस गर्ने हो भने आमउपभोक्ता सामु गुणस्तरीय औषधि हालको भन्दा धेरै सस्तो र सुलभ उपलब्ध हुनेछ । औषधि सिफारिसकर्ताले सिफारिस गरेको औषधिको ब्राण्डको खोजीमा भौतारिने बिरामीहरू झन्झटबाट मुक्त हुनेछन् । बिरामीलाई जथाभावी औषधि भिडाउने कार्यको अन्त्य हुने, साथै विदेशबाट आयात हुने औषधिमा पनि कमी आउने निश्चित छ । जसले आम उपभोक्ता र समग्र राष्ट्रलाई आर्थिक भार कम हुनेछ । तसर्थ, सरकारले तयारी गरिहेको जेनेरिक औषधि सिफारिस विधेयकको हामी स्वागत गर्न आतुर छौं ।
 

Last modified on 2018-08-24 07:36:58

2 Comments

  1. Stupid writer.......Khoi ta generic pharmacy who sells non brand drugs?

  2. पहिला त Generic औशधी पसल चाही खोल्नु पर्यो नि पत्रकर महाश्य। नत्र पसलेले सबै भन्दा बढी मुनफा हुने औशधी नै बेच्छ्न।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts