जनस्वास्थ्यमा प्रभाव पार्ने वस्तुको करको छुट्टै कोष बन्ने



Download our app to get more features

काठमाडौं, ६ भदौ । जनस्वास्थ्यलाई प्रभाव पार्ने वस्तु, उत्पादनबाट लिइने कर रकमबाट सरकारले छुट्टै स्वास्थ्य कोष बनाइने भएको छ ।

जनस्वास्थ्य विधेयक ०७५ का अनुसार जनस्वास्थ्यलाई प्रभाव पार्ने वस्तु उत्पादन तथा क्रियाकलाप नियन्त्रणका लागि लगाइने करबाट संकलन भएको रकमबाट छुट्टै स्वास्थ्य कोष बनाउनु पर्ने व्यवस्था गरिएको छ ।
जसमा केन्द्रीय सरकारबाट प्राप्त रकम, प्रदेश सरकारबाट प्राप्त रकम, स्थानीय तहबाट प्राप्त रकम, गैर सरकारी तथा निजी संघ संस्थाबाट प्राप्त रकम र विदेशी संघ संस्थाबाट प्राप्त रकमबाट सो कोष सञ्चालन हुनेछ ।
विधेयकको उपदफा १ बमोजिम खडा भएको कोषको रकमबाट जनस्वास्थ्यको क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था विधेयकमा उल्लेख छ । 

यस्तै, खडा भएको कोषको सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ र नागरिकको स्वास्थ्य बीमा सम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।
 

Last modified on 2018-08-24 07:35:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts