साना साना घाउबाटै सुरु हुन्छ मुखको क्यान्सर



Download our app to get more features

साधारणतया ढल्किदो उमेरका मानिसमा बढीजसो मुखको क्यासर देखा परेको केसहरू बढी छन् । समयको अन्तरालसँगै बायोकेमिकल, बायोफिजिकल जस्तंै न्युविलयर, इन्जायम्याटिक, मेटाबोलिक र इम्युनोलोजिक र परिपक्क कोषिकाको विशेष जेनेटिक म्युटेसनले कार्सिनोजेनिक  रुपान्तरण गर्दछ । यो कार्सिनोजेनिक, क्यान्सरजन्य विभिन्न वस्तुवाट प्रभावित भएको हुन्छ । जस्तंै अन्कोजन्स कार्सिजेन्स र म्युटेसनका कारणले विषादी, भाइरस, इन्याडियसन, एक्सरे, विभिन्न औषधि तथा नसाजन्य पदार्थ हमान न्युट्रियन्स अथवा दीर्घकालीन घाउ कारणले मुखको क्यान्सर हुन्छ ।

मुखको क्यान्सर धेरैजसो प्रिक्यान्सर रुपी घाउहरू जस्तंै लिउकोप्लाकिन, इथ्रोलाकीया, इराइथ्रोलुकोरलाकीया, सबम्युकस फाइब्रोसिसबाट सुरु हुन्छ । यस्ता घाउलाई प्राथामिक अवस्थामा नै पहिचान गरी चिकित्सकसँग उचित परामर्श लिएमा क्यान्सर हुनबाट बच्न सकिन्छ । यस्तो समस्या मुखमा विशेषगरी तमाखु, सुर्तीजन्य पदार्थ, पान, मदिराको सेवनबाट हुन्छ । कुल क्यान्सरका रोगी मध्ये ५ देखि ८ प्रतिशतसम्ममा मुखको क्यान्सर हुने गरेको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका छन् ।

लक्षण 

  • रोग प्रतिरोधात्मक शक्ति घट्दै जानु ।
  • घाउमा छिटो परिवर्तन देखिनु ।
  • रगत बग्नु ।
  • शारीरिक मेटाबोलिकमा परिवर्तन आउनु ।
  • पूर्ण रुपमा मुख खोल्न नसक्नु ।
  • अस्वभाविक पीडा र घाँटीमा छाम्दा गिर्खा भेटिनु ।

मुखको यी स्थानमा देखिन सक्छ क्यान्सर
बङ्गराको साइडको गिजा : यो भागमा विशेषगरी खैनी, सुर्ती, पान सेवन गर्ने मानिसलाई क्यान्सर हुने गरेको छ । 
मुखको भुइ जिब्रो भएको भाग जिब्रो, ओठ, तालु जस्ता भागमा पनि क्यान्सर देखिन्छ ।

उपचार
प्राथमिक अवस्थामा रहेको क्यान्सरको उपचार सामान्य चिकित्सा अथवा रेडियोथेरापीबाट पनि गर्न सकिन्छ  ।
बायोप्सी गरेर यो रोगको निश्चिता गर्न सकिन्छ । यसपछि के कति छरिएको वा फैलिएको छ त्यसका लागी एक्सरे, सिटी स्क्यान, एमआरआई गरेर हेर्न सकिन्छ ।
जति ढिला भयो रोगको उपचारमा त्यति नै जटिलता र बढी समय  लाग्ने हुन्छ । केही स्थानमा अंग प्रत्यारोपण गरे पनि क्यान्सरको उपचार गरिन्छ । 

रोकथाम 
सुर्तीजन्य पदार्थ चुना मिश्रित पान तथा मदिरालाई मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । आजबाटै धुम्रपान, मध्यपान त्याग्नु पर्छ यसको प्रमुख रोकथाम हो ।
क्यान्सर क्रमिक रुपमा फैलिदै जाने रोग हो । आँखाले बाहिरी रुपमा क्यान्सरको सानो घाउ देखे पनि भित्री अङ्गहरु जस्तंै फासा, माशंपेशी, हड्डीसम्म भेटिने हुन्छ । त्यसैले बेलैमा उपचार गर्नुपर्छ ।

Last modified on 2018-08-25 11:44:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts