बिमस्टेकका सहभागीलाई आकस्मिक उपचार सेवा दिन मेडिसिटीमा हेलिकोप्टर तयारी अवस्थामा



Download our app to get more features

काठमाडौं, १४ भदौ । बिमस्टेक सम्मेलनका लागि नेपाल आएका विभिन्न देशका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनालाई आकस्मिक चिकित्सा सेवा दिन नेपाल मेडिसिटी अस्पताल हेलिकोप्टरसहित तयारी अवस्थामा रहेको छ । 

नेपाल मेडिसिटी अस्पतालको आईसियु, इमरजेन्सी तथा भिआईपी वार्डहरूमा पनि बिमस्टेकका लागि विशेष व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले इमर्जेन्सी कक्ष तथा हेली इमर्जेन्सी मेडिकल सर्भिसका प्रमुख डा. संजय कार्कीको नेतृत्वमा सिम्रिक एयरको हेलिकप्टरलाई अस्पतालको हेलिप्याडम राखिएको छ । 

नेपाल मेडिसिटी अस्पतालले हेली इमर्जेन्सी मेडिकल सर्भिसका लागि दुई वटा टोलीलाई तयारी अवस्थामा राखेको छ भने एउटा टोली एम्बुलेन्ससहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भम्रण टोलीका साथमा आकस्मिक उपचारका लागि खटिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिसिटीे अस्पताललाई हेलिकप्टरसहित आकस्मिक उपचारका लागि तयारी अवस्थामा रहन पत्राचार गरेको अस्पतालले जनाएको छ । 

Last modified on 2018-08-30 19:49:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts