दुई ठूला फार्मास्युटिकलमा सरकारी छापा

What's This?


Download our app to get more features

फागुन २१, काठमाडौँ । सरकारले तोकेभन्दा बढी मुल्यमा औषधि बेचेको आरोपमा दुई ठूला औषधि उत्पादक कम्पनीमा छापा मारेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको नेतृत्वको बजार अनुगमन टोलीले लोमस फार्मास्युटिकल र देउराली–जनाता फार्मास्युटिकलमा छापामारी संचालकलाई पक्राउ पनि गरेको छ ।

दुवै औषधि उत्पादक कम्पनीले सरकारले तोकेभन्दा बढी मुल्यमा बजारमा औषधी बेचेको पाइएपछि छापा मारी संचालक पक्राउ गरिएको परिसर प्रमुख विक्रमसिंह थापा बताए । लोमसका संचालक प्रदिपजंग पाण्डे हुन् । प्रहरीले लोमसको कार्यालयबाट प्रज्जवलजंग पाण्डे र प्रचुर जंग पाण्डेलाई समेत नियन्त्रणमा लिएको छ ।

यस्तै देउराली–जनताका संचालक हरिभक्त शर्मालाई नै प्रहरीले प्रक्राउ गरेको छ ।

सरकारले केही समयअघि ९८ थरि औषधिको मूल्य समायोजन गरी राजपत्रमा प्रकाशित गरेको थियो ।  सरकारले गरेको मूल्य समायोजनलाई नमान्ने बताउँदै आएका थिए ।

Last modified on 2016-03-04 15:18:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts